काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट अध्यक्ष पदमा सिस्टम ह्याक गरेर डा. बद्री केसी विजयी भएको भन्दै तनाव उत्पन्न भएको छ ।
अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाउँदै अन्य उम्मेदवारले मत परिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् ।
सिस्टम ह्याक गरेर नतिजा डा. केसीको पक्षमा पारिएको अध्यक्षका अर्का प्रत्यासद्वय आरके शर्मा र महेश श्रेष्ठले आरोप छ । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी रविना थापाले समेत उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गर्नुभएको थियो । निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर बिजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । यो परिणामसँगै संघमा तनाव उत्पन्न भएको छ ।
समाचार सहयोग :ईमेजखबर
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५