सिड्नी/एन आर एन ए अस्ट्रेलियाको निर्वाचन परिणाम अनुसार अनिल पोखरेल अत्याधिक मतका साथ अध्यक्ष पदमा निर्वाचित हुन सफल भएका छन् । उनको प्यानलले नै राम्रो विजय हासिल गर्न सफल भएको छ ।
उनले निर्वाचन परिणाम घोषणा भएपछि आफ्ना मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । उनले सार्वजनिक गरेको धन्यवाद ज्ञापनमा लेखेका छन्-
” मलाई मत दिएर पहिलो स्थानको जिम्मेवारी प्रदान गर्नु भएकोमा यस संस्थाका सम्पूर्ण सदस्यहरुप्रति म बिशेष आभारी छु। यस निर्वाचनको प्रक्रियामा साथ् दिनुहुने मेरो परिवार , हरेक स्टेटका शुभचिन्तक साथीहरु , स्वयंसेबक , मिडिया र तपाई सम्पूर्णप्रति म बिशेष धन्यबाद ब्यक्त गर्दछु। सफलतापूर्बक निर्वाचन सम्पन्न गर्नु भएकोमा निर्वाचन कमिटीलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछु।”
निर्वाचनमा सहभागी भए पछि हरजीत हुने लोकतान्त्रिक प्रक्रिया भएको बताउँदै यस अभियानमा जित हार नहुने भन्दै आफ्नो कार्यकालमा निर्वाचनमा सहभागी भएका सबै साथीहरुको उर्जालाई एकिकृति गर्दै समाज रुपान्तरणमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । मतदाता माझ प्रण गरेका प्रतिबद्धताहरु पुरा गर्ने बताउँदै मत मात्र होइन आगामी कार्यकाल सफल गराउनको निम्ति मतदाताको खबरदारी, सकारात्मक आलोचना र सुझाबको समेत अपेक्षा राखेको बताए ।
सामाजिक एकता र भाईचारा नै हाम्रो समुदायको गहना भएकोले यसलाई कायम राख्न उनले आह्वान गरे ।
समाजमा गुनासो गर्नेहरू धेरै भए तर जब नेतृत्व चयनको समय आउँछ तब मान्छेहरू योग्यभन्दा पनि आफ्नो मान्छे रोज्छन् यसपटक एन आर एन अष्ट्रेलियाको निर्वाचनमा मतदाताले बिवेक पुर्याउनु पर्ने समय आएको भन्दै अध्यक्षका प्रत्यासी अनिलले भोट मागेका थिए ।उनको समूहले एक शालिन एवं हरतरहले योग्य ब्यक्तित्व अनिल पोखरेल भएको दाबी गर्दै उनी नै यस पटकको सर्बोत्तम उम्मेद्वार भएको दाबी गर्दै निर्वाचन अभियान अगाडि बढाएका थिए ।
अब नव निर्वाचित अध्यक्षले एन आर एन ए अस्ट्रेलियालाई कसरी अगाडि बढाउने कार्य गर्छन् सबैको ध्यान केन्द्रित विषय बनेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५