• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

न्यूरो इन्टरर्भेन्सन – बिना शल्यक्रिया बन्द भएको मस्तिष्कको नसा खोल्ने पद्धति


सुभाय् संवाददाताDecember 15, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ४७ मिनेट
काठमाडौँ । तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो ? नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला । यसो भएमा पूर्ववत् अवस्थामा फर्किने संभावना । साथै ‘प्यारालाइसिल’ हुनबाट जोगिन पनिसकिन्छ ।
यसका लागि नेपालमा पहिलो पटक ‘बाइ प्लेन क्याथल्याब’ मार्फत‘न्यूरो इन्टरभेन्सन’ सेवाको सुरुआत भैसकेको छ । अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणलाई बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलले विगत एकवर्षदेखि सञ्चालनमा ल्याएको हो । सोही अस्पतालमा विगत एकवर्षदेखि न्यूरो इन्टरभेन्सन सेवा प्रदान गर्दै आइरहेका इन्टरभेन्सनल न्यूरो रेडियोलोजिष्ट डा. सुवास फुयालका अनुसार इन्डोभास्कुलर वा न्यूरो इन्टरर्भेन्सन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसाखोल्ने वा फुटेको मस्तिष्कको नसालाई रिपेयर गर्ने पद्धति हो । यस प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको नसा भित्र जमेको रगत थेग्लो निकालिन्छ । टाउको नखोलिकन नै मस्तिष्कभित्रको गहिराईमा रहेको रक्तनलीभित्र शल्यक्रिया गरिन्छ र बिरामीलाई सञ्चो बनाइन्छ ।
उहाँ अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीबाट न्यूरो इन्टरभेन्सनमा डीएम उपाधि हासिल गर्ने पहिलो नेपाली चिकित्सक छन् । उनले भने “यस पद्धतिमा शल्यक्रियाका लागि टाउको नखोलिने भएकाले बिरामीलाई छिट्टै घर पठाउन सकिन्छ । उपचारमा जोखिम समेत धेरै कम हुन्छ । मस्तिष्कको समस्या जस्तै, मस्तिष्कघात, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसा सम्बन्धि समस्यामा न्यूरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न सकिन्छ । ”
चिकित्सकका अनुसार उच्च रक्तचापका कारण मस्तिष्कको नसा कमजोर भई ‘ब्रेन हेमोरेज’ पनि हुनसक्छ । यसो हुँदा विगतमा टाउको खोलेर फुटेको नसा सिलाइन्थ्यो । यसरी टाउको खोलेर शल्यक्रिया गर्दा जटिलताका साथ–साथै अस्पतालको बसाई पनि लम्बिन्थ्यो । तर अहिले एन्युरिज्मका कारण हुने ब्रेन हेमोरेज भएका व्यक्तिलाई तारको माध्यमबाट खुट्टाको नसा हुँदै च्यातिएको नसा भित्रभित्रै सिलाइन्छ । यसलाई क्वाइलिङ्ग भनिन्छ । यस्ता बिरामीहरुलाई साधारणतया ५–७ दिनभित्र घर पठाउन सकिन्छ । डा. फुयालले भने“ तार (क्याथेटर) को माध्यमबाट शल्यक्रिया गर्दा इन्फेक्सन हुने, लामो समयसम्म सघन उपचार कक्ष (आइसियू)मा बस्नुपर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । ”
अस्पतालका कार्यकारी अध्यक्ष प्राडा मधुदीक्षित देवकोटाका अनुसार एकवर्षका अवधिमा लगभग५०० बिरामीले‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्यूरो इन्टरभेन्सन’ सेवा लिइसकेका छन् । क्याथल्याब मार्फत मस्तिष्क भित्रको रक्तनली सम्बन्धी रोग जस्तै नसा बन्द हुनु, रगतको नसाको फुकुण्डो फुट्नु र रगतको गुच्छा, घाँटीको नसा (क्यारोटिड) सुक्नु आदिको सफल उपचार भएको छ । यी सेवा प्रदान गर्न प्राविधिक रुपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । उनले भने “जीवनशैली, तथा खानपानमा आएको परिवर्तन, हिँडडुल र शारीरिक व्यायामको कमी, मद्यपान र धूमपानको बानीले गर्दा रगतमा बोसोको मात्रा बढी हुँदा यसले रक्तनलीको रोग निम्त्याउँछ । यसले गर्दा उच्च रक्तचाप, मस्तिष्कघात र मुटुको समस्यामा वृद्धि भएको छ ।”
डा. फुयालले भने “न्यूरो इन्टरभेन्सन पद्धतिमा औषधिको प्रयोगबाट थ्रम्बोलाईसिस गरी रगतको थेग्लो पगाल्ने गरिन्छ । यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टा भित्र बिरामीलाई अस्पताल पु-याउन आवश्यक छ । तर अहिले क्याथल्याव आईसकेपछि थ्रम्बेक्टोमीकोपद्धतिबाट २४ घण्टासम्म पनि यस्ता बिरामीलाई अस्पताल पु-याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट थेग्लो निकालेर बिरामीलाई पूर्ववत् अवस्थामा ल्याउन सम्भव भएको छ ।”
अपत्यारिलो चमत्कार
हालै सो अस्पतालमान्यूरो इन्टरभेन्सन सेवा मार्फत मस्तिष्काघात भएर निको हुनुभएका ३७ वर्षीय अर्जुन बस्नेतले भन्नुभयो “ म हिडिरहेको थिए, एक्कासी असजिलो महशुस भई सडकमै ढलेछु । ढलेको देख्ने र श्रीमतीले न्यूरो अस्पताल पु¥याएछन् । मलाई केही थाहा थिएन ।तुरुन्त अस्पतालमा मेरो उपचार शुरु भएछ । राति थम्बेक्टोमी गरेर नसाको माध्यमबाट मस्तिष्कमा जमेको रगतको थेग्ला (ब्लड क्लट) निकालिएछ । फलस्वरुप राति १२ बजेतिर मेरो बोली फिर्ता आयो । यो बेलासम्म मैले आफूलाई सामान्य अनुभव गर्न थालिसकेको थिएँ । मलाई मस्तिष्काघात भएको र यति चाँडै निको भएको कुरा अस्पतालमा भेट्न आउने आफन्तले समेत पत्याएनन्।”बुझ्दा, उहाँकी आमा पनि मस्तिष्काघातभई ‘प्यारालाइसिस’बाट जीवन गुजारिरहुनुभएको रहेछ । उनले भने “मेरोपनि आमा जस्तै प्यारालाइज्ड भएर जीवनभर बाँच्नु पर्ने अवस्था हुन सक्थ्यो ।नयाँ प्रविधिकै कारण समयमानै सही उपचार पाएँ र १० दिनभित्र काममा फर्किएर कमाउने सक्ने भएको छु । यस प्रकारको उपचार नपाएको भए सायद जीवनभर खर्चै खर्चमा जीउनुपथ्र्यो र परिवारको पनि बिचल्ली हुने थियो होला । मेरो उपचार त अपत्यारिलो चमत्कार नै भयो ।”
के हो मस्तिष्काघात ?
मस्तिष्क शरिरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । यसमा अरबौ कोशिका हुन्छन् जिनलाई निरन्तर पोषण र अक्सिजन आवश्यक पर्दछ । यो रक्त नलीको माध्यमबाट मस्तिष्कमा पुग्दछ । डा. फुयाल भन्नुहुन्छ “ मस्तिष्कको रक्तनलीमा अवरोध भए वा त्यो फुट्न गएमा मस्तिष्कमा रगत आपूर्ती कम भई स्नायु कोषिकाहरुमा तत्काल क्षति पुग्छ । यसरी उत्पन्न हुने समस्यालाई मस्तिष्काघात भनिन्छ । यसले स्नायु र स्नायुतन्तुहरुमा स्थायी क्षति पु-याइ अकालमा ज्यान समेत जान सक्छ र बाँचे पनि जीवन भर विकलाङ्ग भई परनिर्भर हुनुपर्ने बाध्यता आउन सक्छ ।”चिकित्सकहरुका अनुसार मस्तिष्कमा मस्तिष्कघात भइ रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख मस्तिष्कका कोशिका मर्दछन् । विश्वस्वास्थ्य स्वास्थ्य सङ्गठनले मस्तिष्कघातलाई आपतकालिन स्वास्थ्य अवस्था रुपमा वर्गीकरण गरेको छ । पछिल्लो समय नेपालमा मृत्युको तेस्रो कारण मस्तिष्काघात रहेको जनाइएको छ । सरकारसँग मस्तिष्काघातबाट वर्षेनी कतिजनाले अकालमा मृत्यु वरण गर्दछन् भन्ने तथ्याङ्क भने छैन ।
मस्तिष्काघातका लक्षण
चिकित्सकका अनुसार मस्तिष्काघात हुँदाउभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने, एक्कासी मुख एकातिर बाँङ्गीने,हातखुट्टामा कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरिररको एक भाग (हर) कमजोर हुन सक्छ । ती लक्षण पहिचान गर्न चिकित्सकले छोटकरीमा ‘बि–फास्ट’अर्थात् (सन्तुलन नहुन, रिङ्गटा लाग्नु, आँखा धमिलो देख्नु, अनुहार बाङ्गिनु, हातखुट्टा लुलो हुनु, बोली लरबराउनु, बोल्न नसक्नु, समय खेर नफाली अस्पताल पु¥याउनु) नामकरण गरेका छन् ।
मस्तिष्काघात कसलाई हुन सक्छ ?
५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप भएका , धूम्रपान र मद्यपान सेवन गर्ने व्यक्ति, मधुमेह, उच्च कोलस्टेरोल भएका, तनावपूर्ण जीवनशैली जीउने व्यक्ति, मुटु तथा रक्तसञ्चार सम्बन्धी समस्या भएका, परिवारमा मस्तिष्कघातको इतिहास भएका तथा हालसालै अथवा पुरानो मस्तिष्क सङ्क्रमणले ग्रस्त बिरामीलाई यसको जोखिम हुनसक्ने जनाइएको छ ।
मस्तिष्कघात कसरी हुन्छ ?
डा फुयालका अनुसार मस्तिष्कघात दुई किसिमले हुन सक्छ । एक मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर र अर्काे मस्तिष्कमा रगत आपूर्ती गर्ने धमनिहरु फुटेर । दुर्भाग्यवश पक्षाघातको रोकथाम एवं उपलब्ध सेवाहरुको सम्बन्धमा जानकारी न्यून भेटिएको छ । तसर्थ हामीले त्यस दिशामा ध्यान पु-याउन आवश्यक छ ।

रासस

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑