• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 26, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

कोभिडविरुद्धको संघर्ष अभियानमा भक्तपुरका संस्थाहरु


सुभाय् संवाददाता May 31, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

केके मानन्धर ,भक्तपुर / कोभिड महामारीबाट जोगिन भक्तपुरमा व्यावसायिक र सामाजिक संघसंस्थाहरुको सक्रियता बढेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भौतिक उपस्थितिलाई न्यूनिकरण गरी सक्रियता बढाएको हो । कोभिड संक्रमणको दोस्रो लहर रोकथाम र नियन्त्रणको लागि सिंगो राष्ट्र लागिपरेको बखत सामाजिक उत्तरदायित्व बहन गरी भक्तपुरका संस्थाहरुले विभिन्न खाले सेवा उपलब्ध गराएका छन् ।
भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा एघार वटा संस्थाहरुले संयुक्त रुपमा कोभिड– १९ विरुद्ध अभियानै चलाएका हुन् । ‘सेवा परमो धर्म अभियान अन्तर्गत कोभिडसँग लड्छौं । हामी सेवा दिन्छौं । नारा दिएर कोभिडविरुद्धको संघर्षमा छौं ।’ नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य (भौतिक पूर्वाधार सभापति) तथा भक्तपुर लायन्स सेवा समन्वय समितिका सेक्रेटरी रोशन भोयद्योले बताए । विश्वभर फैलिएको कोभिडलाई परास्त गर्ने अभियानमा जोडिन उहाँले सर्वसाधारणमा अपिल समेत गरे ।
कोभिड संक्रमितहरुको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य परिचारिकाहरुको लागि जेठ १७ देखि विशेष किसिमको क्वारेन्टिन सेन्टर सन्चालनमा आउने भोयद्योले जनाए । त्यस्तै जेठको तेस्रो हप्तादेखि अक्सिजन सिलिन्डर उपलब्ध गराउने तयारी भइरहेको छ ।
अभियानले चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड– १९ आइसोलेसन सेन्टर नेकसँग सहकार्य गरेको छ । संक्रमण नियन्त्रणको सवालमा आइसोलेसन सेन्टरलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका संस्थापक अध्यक्ष न्हुछेरत्न मानन्धरले जनाए । परमो धर्म अभियानले जेठको पहिलो हप्तादेखि भक्तपुरमा कोभिड बिरामीको लागि चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । त्यसको लागि हटलाइन नं. ९८६१७५६४६१ सार्वजनिक गरिएको छ ।
त्यस्तै, भक्तपुर जिल्ला प्याव्सनका वरिष्ठ उपाध्यक्ष तथा चेम्बरका सचिव सुरेन्द्र श्रेष्ठले मनोचिकित्सक डा. कन्चन दाहाल र वरिष्ठ कार्डियोलोजिष्ट डा. सञ्जय श्रेष्ठसँग भच्र्युअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जनाए । सचेतना तथा परामर्श कार्यक्रम नियमित रुपमा प्रत्येक साता दुईवटा आयोजना गरिने उहाँले बताए । सो कार्यक्रममार्फत संक्रमण सम्बन्धिको सचेतना, सतर्कता र अपनाउनुपर्ने सुरक्षाको विषयमा जानकारी लिनसकिने उहाँले दाबी गरे । चिकित्सकसँग परामर्श लिनको लागि बिहान ७ देखि ९ बजेसम्म सम्पर्क गर्न सकिनेगरी ९७४२८८२९६२, ९७४२८८२९६३ र ९७४२८८२९६४ हटलाइन नम्बरहरू सार्वजनिक गरिएको छ ।
त्यस्तै, भक्तपुर लायन्स सेवा समन्वय समिति, समितिमा आवद्ध क्लब तथा मनकारी व्यक्तिहरूले भक्तपुर नगरपालिकाले सुरू गर्ने अक्सिजन प्लान्टको लागि तीन लाख रूपियाँ सहयोग गरेको समितिका संरक्षक तथा पूर्व डिष्ट्रिक्ट गभर्नर कृष्ण प्रसाद अवालले जनाए । आगामी दिनमा चिकित्सक, स्वास्थ्यकर्मी लगायतको टिमबाट घरघरमै पुगेर पीसीआर परीक्षण, रगत जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध हुने लायन्स सेवा समन्वय समितिका अध्यक्ष विष्णुभक्त मारिखुंले बताए । सुरक्षित तबरले उपलब्ध हुने ‘डोर टु डोर हेल्थ सर्भिस’ले भक्तपुरबासी लाभान्वित हुने मारिखुंले दाबी गरे ।
‘म लगायतको १६ जना चिकित्सकीय टिम तयार छौं । थप केहि संख्यामा स्वास्थ्य परिचारिकाहरु पनि सोही टिममा संलग्न हुनेछन् र प्रत्येक दिन दुईजना चिकित्सकबाट निःशुल्क परामर्श उपलब्ध गराउनको लागि सामाजिक सञ्जालमार्फत सम्पर्क नम्बर सार्वजनिक गर्दैछौं ।’ भक्तपुर डक्टर्स सोसाइटीका अध्यक्ष डा. पुण्यराम खर्बुजाले जनाए ।
कोभिडविरुद्धको संयुक्त सेवा अभियानमा भक्तपुर जिल्ला प्याब्सन, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर डक्टर्स सोसाइटी, नेपाल नर्सिङ संघ, सीबीआर, भक्तपुर हार्ट एण्ड डायवेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाहरूले संस्थागत सहकार्य गरेक छन् । त्यस्तै नेपाल नर्सिङ संघका केन्द्रीय सदस्य हरि प्रसाद कोजु र लायन्स ३२५ ए २ का रिजन चियर पर्सन रंजित मारिखुं यस अभियानमा  सक्रिय सहभागी छन् ।
उसो त कोरोना सुरु हुनुअघि नै निजी कम्पनीहरूमा सामाजिक उत्तरदायित्वको चेतना बढेकै थियो । तर, औद्योगिक व्यवसाय ऐन, २०७३ र औद्योगिक व्यवसाय नियमावली, २०७६ लागू भएयता विभिन्न संघसंस्थाले ‘सीएसआर’ कार्यक्रम अन्तर्गत अन्य समयमा भन्दा अहिले तुलनात्मक रुपमा बढी मात्रामा सेवा दिएका छन् । कोरोनाले निम्त्याएको समस्या र चुनौती सामना गर्न सरकार एक्लैको सामथ्र्यमा नागरिक र निजी क्षेत्रले सहकार्य गर्नु स्वागतयोग्य छ । स्वास्थ्य संकटको बीचमा विभिन्न संघसंस्थाले जनचेतना फैलाउने, स्वास्थ्य सामग्रीको वितरण, परामर्श सेवा, आपूर्ति तथा अन्य सेवाजन्य कार्यले गर्दा सामुहिक रुपमा कोरोनालाई परास्त गर्नेमा सहयोग मिल्नेछ ।

सम्बन्धित पोस्ट
  • प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑