काठमाडौं/ कोरोना संक्रमणले देशका कारगारहरु पनि अछुत रहन सकेन । कोरोना भाइरसका कारण केन्द्रीय कारागारमा हालसम्म पाँच जना कैदीबन्दीको मृत्यु भएको छ ।
कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाका अनुसार ४०, ५८,६०, ६४ र ६९ वर्षका कैदीबन्दीको कोरोनाका कारण ज्यान गएको छ । भदौ १९ गते कारागारमै मृत्यु भएका ६९ वर्षीय पुरुषको चार दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।
जेलर बास्कोटाले मृतकहरु सबै मुटु , किड्नी लगायतका दिर्घरोगी रहेको बताए । केन्द्रीय कारागारमा हालसम्म ६५ जना कैदीबन्दीमा कोरोना संक्रमण भएकोमा ३१ जना निको भएको बताइएको छ ।
कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म देशभर २ सय ३१ जना कैदीबन्दीमा कोरोना संक्रमण भएको र तिनीहरुमध्ये केही निको भएका र अरु उपचाररत रहेको बताइएको छ । हालसम्म देशभरका ११ वटा कारागारमा कोराना संक्रमित भेटिएका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५