काठमाडाैँ /नेपालमा थप ४२५ जना सङ्क्रमित भएका छन् । पुरूष ३७५ र महिला ५० जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो ।
आइतबार ६ जना डिस्चार्ज भएकाले हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । उहाँ भारतबाट नेपालमा आएर क्वारेन्टाइनमा बस्नुभएको थियाे । उहाँको मृत्युसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।
यस्तै, पूर्वी रुकुममा पनि भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा ७३ वटा जिल्लामा भाइरस फैलिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५