• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Jun, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / उपत्यका

क्षेत्रपाटी निशुल्क चिकित्सालयको आकस्मिक सेवा संचालनमा

सुभाय् संवाददाताMarch 31, 2020 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

करिव पुरा विश्व नै कोरोना भाइरस कोभिड १९ को चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । वर्तमान परिवेशमा सामाजिक दुरी कायम गर्दै सावधानी अपनाउँदै संक्रमणबाट बच्नको लागि अस्पताललाई पनि नियमित सेवा सुचारु गर्न समस्या भइरहेको अवस्था छ ।
अन्य समयमा जस्तै नियमित स्वास्थ्य समस्या लिएर आउने विरामीलाई पनि संक्रमणबाट बचाइराख्न विगतमा जस्तै अस्पताल आउन दिन सकेको छैन ।
यस्तै परिवेशमा काठमाडौंको भित्री बस्तीमा क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले पनि हाल इमरजेन्सी सेवा मात्र संचालन गरिरहेको छ ।
इमरजेन्सीमा आउने बिरामीलाई सिधै कक्षमा नलिइ अस्पताल बाहिरै हात धुने व्यवस्था गरिएको छ भने गेटमै स्यानिटाइजर दिइन्छ । त्यसपछि थर्मोगनले ज्वरो नापेर ज्वरो नभएका विरामीलाई मात्र इमरजेन्सी कक्षमा प्रवेश गर्न दिइएको छ ।
अनिवार्य मास्क लगाएर आउनको लागि गेटैमा सूचना टाँस गरिएको छ भने मास्क नभएकाको लागि अस्पतालले नै गेटमा निःशुक्ल मास्क उपलब्ध गराउने गरेको छ ।
ज्वरो देखिएका विरामीलाई अलग्गै टेन्टमा चेकजाँच गर्ने गरिएको छ भने आवश्यकताको आधारमा रिफर गर्ने गरिएको छ ।
कुनै पनि प्रकारको रोग वा संक्रमण अन्य विरामीमा नसरोस् भन्ने तर्फ आफुहरु निकै सतर्क रहेको अस्पताल संचालक समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भन्नुभयो ।
ज्वरोका बिरामी त्यहाँबाट गएको आधा घण्टाभित्रमा टेन्टमा स्प्रे गरेर डिसइनफेक्ट गर्ने गरिएको अध्यक्ष डा. श्रेष्ठले बताउनुभयो ।
साथै, अस्पतालमा कार्यरत डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मी र कर्मचारीको स्वास्थ्य सुरक्षामा पनि आफुहरु निकै सतर्क रहेको डा. श्रेष्ठको भनाई छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई गुणस्तरीय पिपिइ उपलब्ध गराइएको श्रेष्ठले बताउनुभयो ।
डा. श्रेष्ठको भनाई अनुसार स्वास्थ्यकर्मीलाई घरमा लिन जाने र पुर्याउन जाने व्यवस्था गरिएको छ भने बाहिर पुगेर अस्पताल आएको गाडी तुरन्तै पखाली डिसइनफेक्ट गर्ने गरिएको छ ।
साथमा विरामी ल्याउने एम्बुलेन्सलाई पनि हरेक पटक पखालेर डिसइनफेक्ट गर्ने गरिएको उनको भनाई छ ।
यसको साथै ड्यूटि अफ भएर घर फर्किने स्वास्थयकर्मीलाई अस्पतालमै नुहाउन दिएर मात्रै पठाउने गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
यसै बीच काठमाडौंमा कसैलाई केही स्वास्थ्य समस्या भएमा आफुलाई निर्धक्क फोन गर्नलाई डा.श्रेष्ठले आग्रह गर्नुभयो । साथै, अन्य स्वास्थ्य समस्याको लागि पनि फोनबाटै आवश्यक सल्लाह सुझावसहित सेवा दिने व्यवस्था गरिएको भन्दै सम्वन्धित चिकित्सकको फोन नम्बरहरु पनि डा.श्रेष्ठले सार्वजनिक गर्नुभएको छ ।
अध्यक्ष डा. मनोजमान श्रेष्ठ ९८५१२७६८८८
नाक, कान, घाँटी ९८५१०१७५३७, ९८४१४८२४६९
आँखा ९८४१२२६६४४, ९८५१०४३१८४
बालरोग ९८४१२०३४४५, ९८४१३९९३९०
सर्जरी ९८६४२९७८५९
हाडजोर्नी तथा नशा ९८४३०२८२३७, ९८४१२५४७०९
स्त्री रोग ९८४१२२१४७६, ९८०८०९४७८०
दाँत ९८४१२३००९५
फिजिसियन ९८४१४७५२३८
मधुमेह तथा थाइराईड ९८१८४१४११०
साभार

सम्बन्धित पोस्ट
  • बुस्टर डोजः किन र कहिले लगाउने? फरक खोप लगाउन मिल्छ?
  • न्यूरो इन्टरर्भेन्सन – बिना शल्यक्रिया बन्द भएको मस्तिष्कको नसा खोल्ने पद्धति
  • आजको हवाई घटनाको प्रसंग
  • पोखराबाट सिटी वन टेलिभिजन प्रशारण सुरु
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    छपता सिन्हः ( चि-बाखं)

    तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    पाटनमा भेटिएको शिलालेखको अध्ययनपछि निकालियो भावार्थ

    सुभाय् पोस्ट बिशेष

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑