• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 19, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अर्थ

हिमालयको पहिलोपटक काठमाडौं–बेइजिङ सिधा उडान सुरु


सुभाय् संवाददाताOctober 28, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ — पहिलोपटक काठमाडौंदेखि उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सिधा हवाई उडान सुरु भएको छ ।नेपाली र चिनियाँहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले आइतबार बिहान बेइजिङले हालै सञ्चालमा ल्याएको डाक्सीङ विमानस्थलका लागि पहिलो व्यावसायिक उडान थालनी गर्‍यो ।

‘६५ जना यात्रु बाकेर आइतबार बिहान पहिलो उडान एच९६६५ बेइजिङ उड्यो,’ हिमालयको प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘नेपालबाट चीनको बेइजिङका लागि हामीले थालेको उडान पहिलोपटक हो ।’ उनका अनुसार, आइतबार बिहान गएको जहाज राति पौने १० बजे काठमाडौं फर्किने तालिका छ । यस एयरलाइन्सले सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो रुटमा एकतर्फी न्यूनतम भाडा दर २४ हजार रुपैयाँ छ ।

‘हिमालयअघि नेपाल वायुसेवा निगमले चीनको सांघाई र ल्हासामा उडान गरेको थियो तर नेपाली ध्वजाबहाकबाट सिधा दुई मुलुकका राजधानी जोड्ने उडान भएको थिएन’, नेपाल वायुसेवा निगममा तीन दशक बिताएका राजुबहादुर केसीले भने । उनका अनुसार, निगमको जहाजले ल्हासामा ०४६ अघि केही महिना र सांघाईमा १२ वर्ष उडान गरेको थियो । काठमाडौंबाट जापानको ओशाका उड्ने निगमको बोइङले सांघाई ‘टचडाउन’ गर्थ्यो । निगमले ०५१ कात्तिकदेखि ०६३ चैतसम्म ओशाका उडान गर्दा सांघाईमा अवतरण गरेर इन्धन भर्थ्यो ।

नेपालले चीनका ७ वटा सहरमा सिधा उडान गर्ने हवाई सम्झौता गरेको २ दशक बढी भए पनि चीनको राजधानी बेइजिङमा सिधा व्यावसायिक उडान भएको थिएन । चार दशक बढी सयम उड्डयन क्षेत्रमा बिताएका केसीका अनुसार, हिमालयअघि नेपालबाट कुनै पनि स्वदेशी वायुसेवाको सिधा उडान थिएन । ‘हिमालय नै पहिलो व्यावसायिक र पहिलो चार्टर उडान गर्ने नेपालमा दर्ता भएको एयरलायन्स हो,’ केसीले भने । उनका अनुसार, यसै एयरलायन्सले ४ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चार्टर उडानमा बेइजिङ पुर्‍याएको थियो । प्रधानमन्त्रीपछि हालै नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर राष्ट्रपति विद्या भण्डारी पनि चीन भम्रणमा गएकी थिइन् ।

काठमाडौं बेइजिङ रुटमा एकतर्फी उडान समय साढे ५ घन्टा हाराहारी लाग्छ । हिमालयले आफ्नो न्यारोबडी विमान एयरबस ३२० पठाएको छ । यो १ सय ५८ सिट क्षमताको जहाज हो । ‘फर्किँदा ७० हाराहारी यात्रु छन्,’ हिमायलकी मार्के्टिङ हेड उज्वला दलीले भनिन् । यो रुटमा ७० प्रतिशत यात्रु पर्यटक हुने हिमालयले जनाएको छ । अहिले हिमालयसँग दुईटा न्यारोबडी विमान छन् । यस्को एउटा अर्को जहाज भियतनामको ब्याम्बो एयरलाई भाडामा दिइएको छ । उक्त विमान एक महिनाभित्र फिर्ता ल्याइने भएको छ ।

हाल काठमाडौंबाट बेइजिङ जाने हवाई रुट भारत, म्यानमार हुँदै चीन प्रवेश गरेर जाने एउटा रुट छ भने अर्को रुट हिमाल नाघेर तिब्बत हुँदै जाने ट्रान्स हिमालयन रुट पनि छ । तर, यो रुटमा उड्ने विमानमा अक्सीजनसहितको ‘ल्हासा–कीट’ उपकरण जडान गरेको हुनुपर्छ । ल्हासाकीट जडान भएको जहाज हिमालयले ल्याउने तयारी गरेको छ । यदी हिमाल नाघेर सोझै उडान भएमा यो रुट एक घण्टा छोटो हुने श्रेष्ठले बताए ।

हिमालयले हाल काठमाडौंबाट बंगलादेशको ढाका, यूएईको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहा सिधा उडान गर्दै आएको छ । नेपालले हालसम्म ४० वटा मुलुकसँग हवाई सम्झौता गरेको छ । चीनले नेपाललाई १५ वटा सहरमा उडान अनुमति दिएको छ भने नेपालले अब सञ्चालनमा आउने भैरहवा र पोखरामा चीनलाई उडान अनुमति दिइसकेको छ ।

source:ekantipur

सम्बन्धित पोस्ट
  • रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प
  • बेलून दुर्घटनामा परेका उपप्रधानमन्त्री तथा पोखराका मेयर कीर्तिपुर अस्पतालको आइसियुमा उपचाररत
  • ६० लाख धरौटीमा रवि लामिछाने रिहा
  • शंखरापुर सक्व महोत्सव २०८१ आयोजना हुने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑