काठमाडौं । इन्डोनेसियाको २९ कात्तिक, मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार आज शुक्रबार राति १:१७ बजे (1617 GMT)बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ ।
मानिसहरु सुतिरहेको बेला भूकम्प गएको र भुकम्प आएको चाल पाएपछी सबै घरबाट बाहिर दौडिएका थिए ।
इन्डोनेसिया सरकारको मौसम बिभागले सुनामी आउन सक्ने भन्दै समुद्र तटीय क्षेत्र खाली गर्न भनेको छ भने उता अमेरिकी संस्थाले भने ठूलो सुनामी न आउने भविष्यबाणी गरेको छ ।
भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा थियो । मानवीय र भौतिक क्षतिको विवरण भने आइसकेको छैन ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५