परबाट उनी आएको आभास हुन्छ । उनकी आमा भन्नुहुन्छ त्यो दोबाटोमा पुगेपछि छोरा आयो भन्ने थाहा हुन्छ । उनको स्वर अलि ठूलै हुन्छ अनि परैबाट उनी आएको साथीभाइ टोलबासीले थाहा हुन्छ “ल शैलेश आएछ !” उनीहरू भन्न थाल्छन् ।
सम्पदाको महानगर काठमाडौंको क्व:ने लागा अर्थात् दक्षिण शहर लगन टोलमामा जन्मी हुर्केका शैलेशले आफूलाई “लंगंबरे” उपनाम दिएका छन् । यसको अर्थ हुन्छ लगन टोलको शाक्य कुलका सन्तान ।
यो भूमिका बाँधिरहहँदा वर्तमान चुनावी महौलको पनि कुरा आउँछ । ३/४ दशक नेपाली कांग्रेसका वफादार कार्यकर्ता हुँदा नि कुनै चुनावमा टिकट पाउन नसकेको तीतो अनुभव छ उनलाई । त्यसैले यसपटक उनले बाग्मति प्रदेश सभा सदस्यको निम्ति काठमाडौं ९ “क” क्षेत्रबाट उम्मेदवार दिएका छ्न् । यो समय चुनावको चटारो भ्याइनभ्याइ छ उनलाई ।
जीवनका धेरै समय अभियन्ताको रूपमा बिताएका शैलेश शाक्य लगं बरेजु निकै खरो स्वभावका छन् । उनी कुटनैतिक भाषा बोल्दैनन् सिधै बोलिदिने बानी छ जसलाई पनि ।यसका कारण उनीसित धेरै व्यक्ति चिढिएका पनि छन् तर मनका उनी खुल्ला व्यक्ति हुन् ।
बिद्यार्थी अभियन्ता, भाषिक अभियन्ता , राजनीतिक अभियन्ता हुँदै सम्पदा अभियन्ता भइ विभिन्न आन्दोलनको अभियन्ता र अगुवा समेत भए । धेरै ठाँउमा आन्दोलन गरे आवाज उठाए । ठूलो स्वर भएका कारण उनलाई सबैले चिन्ने पनि ।
गीत संगीतमा पनि रुचि भएका उनी एक सफल रचनाकार पनि हुन् ।
नेपाली कांगेस पार्टीले टिकट नदिएपछि उनले यो पटक पार्टी त्याग गरी स्वतन्त्र उम्मेदवार बनेको घोषणा गरेका छन् । भाषा
सम्पदा संस्कृतिलाई मूल मुद्दा बनाएका उनले प्रदेश सभामा आफ्नो क्षेत्रको बिकास निर्माण अन्य विषयलाई पनि मुद्दाको रूपमा उठाएका छन् ।
किन भोट दिन्छन् त तपाईंको क्षेत्रका मतदाताले तपाईंलाई भन्ने प्रश्न गर्दा उनी भन्छ्न् , ” मैले धेरै योगदान गरेका कुराहरू मेरा मतदाताहरुले देखेका छन् । उहाँहरुको निम्ति आवश्यक पहल गरिदिने निरन्तर रुपमा आफ्नो गाउँ ठाउँको निम्ति आवश्यक कार्य गर्नेछ भन्ने विश्वास मप्रति छ त्यसैलाई मैले आधार मानेको छु मत पाउने “
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५