• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 19, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?


सुभाय् संवाददाताJuly 15, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 

हिजाे साँझदेखि नेपाली लेखक–कविहरूले सामाजिक सञ्जालमा एकै खाले स्टाटस राखेर भारतका एक कविलाई भारइल बनाइरहेका छन् । भारतीय जनता पार्टीका कार्यकर्ताहरूले गएकाे ४ तारिखदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले गरेकाे कामलाई प्रचार गर्ने क्रममा सुरू गरेकाे एउटा झुटाे समाचार भाइरल भएपछि नेपालमा पनि त्यसकाे नेपाली अनुवाद भाइरल भएकाे थियाे ।

हिजाे दिउँसाे २ बजे नै उडिसाका स्थानीय लाेकप्रिय कवि डा. हलधर नागले आफ्ना बारेमा भाइरल भएकाे समाचार खण्डन गरिसकेका छन् । नेपालमा भने कविले खण्डन गरेकाे २० घन्टा बितिसक्दा पनि भारतीय जनता पार्टीका कार्यकर्ताले भाइरल बनाएकाे समाचारकाे नेपाली अनुवाद नै भाइरल भइरहेकाे छ । याे समाचार सेयर गर्नेमा सामान्य साहित्यप्रेमी मात्र हाेइन, नेपालमा लाेकप्रिय, अध्ययनशील र प्रतिष्ठित कवि लेखकहरू पनि संलग्न भएका छन् ।

भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणका अनुसार आफ्नो अवस्थाबारे भाइरल बनाइएको पोस्टप्रति नागले दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘सो पोस्ट झूटो र मनगढन्त मात्र होइन, अपमानजनक पनि छ ।’

नेपालमा समेत भाइरल भएको भारतका प्रान्तहरूमध्ये उडिसाको सम्बलपुरी वा कोसली भाषाका प्रख्यात कवि डा. हलधर नागले हालै पद्मश्री पुरस्कार लिनका लागि राजधानी नयाँ दिल्ली जाने पैसा नभएको र यसबारे भारत सरकारलाई पत्र लेखी उनको पुरस्कार हुलाकबाट पठाइदिन आग्रह गरेको खबर भाइरल भएको थियो ।

डा. नागले यो झूटो खबर भाइरल बनाइएको बताएका छन् ।

उनले आफूले २०१६ मा नै पद्मश्री पुरस्कार प्राप्त गरिसकेको बताएका छन् । त्यो बेला पुरस्कार प्राप्त गर्दा पनि आफ्नो गरिबीको कारण देखाउँदै कुनै पत्र नलेखेको न त हुलाकबाट पुरस्कार पठाउन आग्रह गरेको उनले बताएका छन् ।

लोककवि डा. हलधर नागले पद्मश्री पुरस्कार उडिसाका मुख्यमन्त्री नवीन पटनायकले हस्तान्तरण गरेको पनि बताएका छन् । सोही अवधियता उनले मासिक १८ हजार भारू मासिक भत्तासमेत प्राप्त गरिरहेका छन् ।

उडिसा सरकारले उनका लागि घर निर्माणका लागि जमिन उपलब्ध गराएको र लोककवि नागका प्रशंसकमध्ये एक चिकित्सकले सो जमिनमा निजी खर्चबाट घरसमेत बनाइदिएको उनले प्रस्ट्याएका छन् ।

सन् २०१६ ताका पद्मश्री पुरस्कार लिँदा पनि केन्द्र सरकारले कारमार्फत रायपुर पुर्याएको र त्यहाँबाट उनलाई विमानमार्फत दिल्ली पुर्याइएको थियो । त्यो बेला सुविधासम्पन्न होटलमा राखिएको थियो । सो अवधिमा दिल्लीमा रहँदाको अवधिभरि उडिसाका वरिष्ठ आइएएस अधिकारी उषा पाढी र अरविन्द पाढीले पनि सहयोग गरेको स्मरण गरेका छन् ।

बेलाबेलामा आफूलाई भाइरल बनाइने गरेको, कहिले पानीसँग भात खाएको त कहिले चना बेचिरहेको तस्बिर हालेर बदनाम गर्ने गरेको उनले दुखेसो पोखे । यस्ता बदनाम गर्ने पोस्ट हाल्नेहरूप्रति कारबाही गर्न उनले माग पनि गरे । कहिलेकाहीँ त उनको बोली नक्कल गरेर अडियोसमेत राखेर भाइरल बनाउने प्रयास गरिने गरेको गुनासो गरे ।

सन् १९५० मार्च ३१ मा उडिसाको बरगढ जिल्लास्थित घेंस गाउँको एउटा गरिब परिवारमा जन्मिएका नाग बालक छँदा नै उनका पिताको निधन भएको थियो । परिवारको आर्थिक अवस्था नाजुक भएकाले उनले विद्यालय शिक्षा लिन पाएनन् र तीन कक्षामै उनको शिक्षा सीमित हुन पुग्यो । तर कवितामोह यस्तो कडा थियो कि उनलाई तिनै कविताले चर्चित बनायो । उनका कवितामाथि पिएचडी गर्नेहरू पनि निकै छन् । उनका कयौँ रचनाहरू छरपष्ट भएपछि ग्रन्थावली प्रकाशित गरिएका छन् । जसमध्ये हलधर ग्रन्थावली २ विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिएको छ ।

उनलाई सम्बलपुर विश्वविद्यालयले मानार्थ विद्यावारिधिबाट सम्मानित गरिएको हुनाले उनलाई डा. नाग पनि भन्ने गरिन्छ । हालसम्म उनका १३ वटा कृति प्रकाशित छन् । (साभार : साहित्य पोस्ट )

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑