• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?


सुभाय् संवाददाताJuly 15, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 

हिजाे साँझदेखि नेपाली लेखक–कविहरूले सामाजिक सञ्जालमा एकै खाले स्टाटस राखेर भारतका एक कविलाई भारइल बनाइरहेका छन् । भारतीय जनता पार्टीका कार्यकर्ताहरूले गएकाे ४ तारिखदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले गरेकाे कामलाई प्रचार गर्ने क्रममा सुरू गरेकाे एउटा झुटाे समाचार भाइरल भएपछि नेपालमा पनि त्यसकाे नेपाली अनुवाद भाइरल भएकाे थियाे ।

हिजाे दिउँसाे २ बजे नै उडिसाका स्थानीय लाेकप्रिय कवि डा. हलधर नागले आफ्ना बारेमा भाइरल भएकाे समाचार खण्डन गरिसकेका छन् । नेपालमा भने कविले खण्डन गरेकाे २० घन्टा बितिसक्दा पनि भारतीय जनता पार्टीका कार्यकर्ताले भाइरल बनाएकाे समाचारकाे नेपाली अनुवाद नै भाइरल भइरहेकाे छ । याे समाचार सेयर गर्नेमा सामान्य साहित्यप्रेमी मात्र हाेइन, नेपालमा लाेकप्रिय, अध्ययनशील र प्रतिष्ठित कवि लेखकहरू पनि संलग्न भएका छन् ।

भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणका अनुसार आफ्नो अवस्थाबारे भाइरल बनाइएको पोस्टप्रति नागले दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘सो पोस्ट झूटो र मनगढन्त मात्र होइन, अपमानजनक पनि छ ।’

नेपालमा समेत भाइरल भएको भारतका प्रान्तहरूमध्ये उडिसाको सम्बलपुरी वा कोसली भाषाका प्रख्यात कवि डा. हलधर नागले हालै पद्मश्री पुरस्कार लिनका लागि राजधानी नयाँ दिल्ली जाने पैसा नभएको र यसबारे भारत सरकारलाई पत्र लेखी उनको पुरस्कार हुलाकबाट पठाइदिन आग्रह गरेको खबर भाइरल भएको थियो ।

डा. नागले यो झूटो खबर भाइरल बनाइएको बताएका छन् ।

उनले आफूले २०१६ मा नै पद्मश्री पुरस्कार प्राप्त गरिसकेको बताएका छन् । त्यो बेला पुरस्कार प्राप्त गर्दा पनि आफ्नो गरिबीको कारण देखाउँदै कुनै पत्र नलेखेको न त हुलाकबाट पुरस्कार पठाउन आग्रह गरेको उनले बताएका छन् ।

लोककवि डा. हलधर नागले पद्मश्री पुरस्कार उडिसाका मुख्यमन्त्री नवीन पटनायकले हस्तान्तरण गरेको पनि बताएका छन् । सोही अवधियता उनले मासिक १८ हजार भारू मासिक भत्तासमेत प्राप्त गरिरहेका छन् ।

उडिसा सरकारले उनका लागि घर निर्माणका लागि जमिन उपलब्ध गराएको र लोककवि नागका प्रशंसकमध्ये एक चिकित्सकले सो जमिनमा निजी खर्चबाट घरसमेत बनाइदिएको उनले प्रस्ट्याएका छन् ।

सन् २०१६ ताका पद्मश्री पुरस्कार लिँदा पनि केन्द्र सरकारले कारमार्फत रायपुर पुर्याएको र त्यहाँबाट उनलाई विमानमार्फत दिल्ली पुर्याइएको थियो । त्यो बेला सुविधासम्पन्न होटलमा राखिएको थियो । सो अवधिमा दिल्लीमा रहँदाको अवधिभरि उडिसाका वरिष्ठ आइएएस अधिकारी उषा पाढी र अरविन्द पाढीले पनि सहयोग गरेको स्मरण गरेका छन् ।

बेलाबेलामा आफूलाई भाइरल बनाइने गरेको, कहिले पानीसँग भात खाएको त कहिले चना बेचिरहेको तस्बिर हालेर बदनाम गर्ने गरेको उनले दुखेसो पोखे । यस्ता बदनाम गर्ने पोस्ट हाल्नेहरूप्रति कारबाही गर्न उनले माग पनि गरे । कहिलेकाहीँ त उनको बोली नक्कल गरेर अडियोसमेत राखेर भाइरल बनाउने प्रयास गरिने गरेको गुनासो गरे ।

सन् १९५० मार्च ३१ मा उडिसाको बरगढ जिल्लास्थित घेंस गाउँको एउटा गरिब परिवारमा जन्मिएका नाग बालक छँदा नै उनका पिताको निधन भएको थियो । परिवारको आर्थिक अवस्था नाजुक भएकाले उनले विद्यालय शिक्षा लिन पाएनन् र तीन कक्षामै उनको शिक्षा सीमित हुन पुग्यो । तर कवितामोह यस्तो कडा थियो कि उनलाई तिनै कविताले चर्चित बनायो । उनका कवितामाथि पिएचडी गर्नेहरू पनि निकै छन् । उनका कयौँ रचनाहरू छरपष्ट भएपछि ग्रन्थावली प्रकाशित गरिएका छन् । जसमध्ये हलधर ग्रन्थावली २ विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिएको छ ।

उनलाई सम्बलपुर विश्वविद्यालयले मानार्थ विद्यावारिधिबाट सम्मानित गरिएको हुनाले उनलाई डा. नाग पनि भन्ने गरिन्छ । हालसम्म उनका १३ वटा कृति प्रकाशित छन् । (साभार : साहित्य पोस्ट )

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑