• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / व्यक्तित्व

पद्मश्रीको गरिमा , हलधर नाग


सुभाय् संवाददाताJuly 15, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

साहेब – म सँग दिल्लीसम्म आउने पैसा छैन, कृपया पुरस्कार हुलाकबाट पठाइदिनुहोला – हल्धर नाग
हल्धर नाग – जसको नामको अघि कहिल्यै ‘श्री’ लेखिएन । ३ जोडी लुगा, एकजोर भाँच्चिएका रबर चप्पल, एउटा अत्यन्तै थोत्रो चस्मा र ७३२ रुपैयाँ जम्मा पुँजीको मालिकलाई आज भारतमा पद्मश्री पुरस्कारको विजेता घोषणा गरिएको छ ।
उनी हुन् ओडिशाका हलधर नाग। जो कोसली भाषाका प्रसिद्ध कवि हुन् । विशेष कुरा यो हो कि उनले अहिलेसम्म लेखेका सबै कविता र २० महाकाव्यहरू सम्झन्छन् र कठस्थ पनि छन् । अब उनको रचनाको सङ्कलन ‘हलधर ग्रन्थवाली–२’ लाई सम्बलपुर विश्वविद्यालयको पाठ्यक्रमको हिस्सा बनाइने भएको छ । सादा लुगा, सेतो धोती, गम्छा र बनियान लगाएका हलधर प्रायः खाली खुट्टा नै रहन्छन् । यस्ता हीरालाई कुनै सञ्चार माध्यमले फेला पारेनन्, तर मोदी सरकारले खोज्यो र पद्मश्रीको लागि सिफारिस गर्‍यो ।
जब तपाइँ उडिया लोक-कवि हलधर नागको बारेमा जान्नुहुन्छ, तपाइँ प्रेरणाले भरिनुहुनेछ । हलधर एक गरिब दलित परिवारबाट आएका थिए, १० वर्षको उमेरमा आमाबुवाको मृत्यु भएपछि उनले तेस्रो कक्षा पढ्दापढ्दै पढाई छोडे। अनाथको जीवन जिउँदै उनले ढाबामा फोहोर भाँडाकुँडा सफा गर्न धेरै वर्ष बिताए । पछि विद्यालयमा भान्साकोठाको काम पाए । केही वर्षपछि बैंकबाट एक हजार रुपैयाँ ऋण लिएर विद्यालयको अगाडि कलम–पेन्सिल आदिको सानो पसल खोले । जहाँ उनले विद्यालय समय पछिको बिदामा पार्टटाइम काम गर्न थाले – यो उनको अर्थव्यवस्था थियो ।
अब उनको साहित्यिक विशेषता तर्फ लागौं । हलधरले स्थानीय ओडिया भाषामा “राम-शबरी” जस्ता केही धार्मिक विषयवस्तुहरूमा लेखेर सन् १९९५ तिर मानिसहरूलाई सुनाउन थाले । भावनाले भरिएका कविता लेखेर जबरजस्ती जनतामाझ प्रस्तुत गरेर उनी यति लोकप्रिय भएका थिए कि यो वर्ष
भारतिय राष्ट्रपतिले उनलाई साहित्यका लागि पद्मश्री प्रदान गरे । यति मात्र होइन, अहिले ५ जना विद्वानले साहित्यमा पीएचडी गरिरहेका छन् । हलधर आफैं भनें तेस्रो कक्षासम्म मात्र पढेका मान्छे हुन् ।
तिमी किताबमा प्रकृति रोज्छौ
पद्मश्रीले प्रकृतिबाटै पुस्तक छनोट गर्‍यो ।
सलाम छ यस्ता व्यक्तित्वहरुलाई जसको लक्ष्य धनार्जन होइन ज्ञानार्जन हुने गर्छ ।
नागले कविता रचना गरेर साहित्यिक जगतलाई समृद्ध बनाए ।

(भाव तथा तस्वीर साभार – Dr.BabuDan Charan Binjasar Barmer)

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑