लुम्बिनी / बौद्ध उच्च शिक्षा केन्द्रको रुपमा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले सत्रौं वर्ष प्रवेश गरेको अवसरमा केन्द्रीय क्याम्पस लुम्बिनिमा विशेष कार्यक्रम आयोजना गरिन लागेको छ ।
यस अवसरमा आउँदो मंसीर १४, १५, १६ गते यसरी विशेष कार्यक्रम गरिन लागेको हो ।
कार्यक्रम अनुसार मंसीर १४ गते “शान्ति समझादारी तथा दिगो बिकाशका लागी पत्रकारिता कार्याशाला” हुनेछ । सोहि दिन बुद्धमूर्तिमा प्राण प्रतिष्ठा पूजा हुनेछ । मंसीर १५ गते प्रथम त्रियान प्रज्ञा सम्मेलन आयोजना गरिनेछ ।
यसै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको प्रांगनमा हुने वार्षिक उत्सव समारोहमा सरिक हुनु भई पुस्तकालय उद्घाटन, बुद्ध मूर्ति अनावरण, पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
यस अवसरमा मुटु स्वास्थ्य क्लिनिक उद्घाटन , रक्तदान , दीप प्रज्वलन , साइकल र्याली लगायतका कार्यक्रमहरु पनि गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।
स्मरणीय छ लुम्बिनीमा केन्द्रीय कार्यलय रहेको यस विश्वविद्यालय बौद्ध शिक्षाको केन्द्रको रुपमा रहेको विश्वविद्यालय हो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५