काठमाडौं / नेपालको रत्न आभूषण व्यवसायी संघका अध्यक्ष तथा आरबि डाइमण्डस्का मालिक रमेश महर्जन सोमवार असामयिक निधन भएको छ । कोरोनाको उपचारको क्रममा मेडिसिटी अस्पतालमा उनको देहावसान भएको थियो ।
मृत्युको ६ दिन अगाडि मात्र उनले आफ्नो फेसबुक मार्फत आफ्ना श्रीमती सरिता महर्जनसहित कोरोना संक्रमित भएको जानकारी गराएका थिए । उनको श्रीमती सरिताको भने रिपोर्ट नेगेटिभ आइसकेको बताइएको छ ।
दिवंगत महर्जनको अन्तिम संस्कार मंगलबार पशुपतिमा गरिने बताइएको छ ।
स्व. रमेश महर्जन ने.सं. ११४० तथा ४१ का न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष समेत हुनुहुन्थ्यो । उनको जीवन निकै संघर्षपूर्ण रहेको थियो । कठिन संघर्ष गरेर खेती किसानीबाट नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत राम्रा हिरा व्यापारीको रूपमा परिचय दिन सफल व्यक्ति हुन् उनी ।
भाषा , साहित्य ,संस्कृति क्षेत्रमा पनि कार्य गर्दै आएका उनी विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य पनि हुन्। उनी नेपालको पहिलो मातृभाषाको टेलिभिजन नेपाल मण्डल टेलिभिजनका अध्यक्षका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो ।
स्व. महर्जनका एक छोरा तथा दुई छोरी रहेका छन् । (सम्झनामा —- स्व. महर्जनको गत वर्ष सामान्य रूपमा नयाँ वर्ष मनाउने क्रममा शुभकामना भिडियो जुन सुभाय् पोस्टको यु-ट्युबमा प्रकाशित भएको थियो –)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५