• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

अरनिको समाजद्वारा स्वास्थ्य मन्त्रालयलाई १ लाख थान पीसिआर टेष्ट किट प्रदान


सुभाय् संवाददाताAugust 12, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / अरनिको समाजले स्वास्थ्य मन्त्रालयलाई १ लाख पीसिआर टेष्ट किट सहयोग प्रदान गरेको छ ।
बुधबार मन्त्रालय परिसरमा चीनको ऊहान इजी डायग्नोसिस बायोमेडिसिन कम्पनीबाट उत्पादित करीव रु ५ करोड बरावरको उक्त सहयोग सामग्री समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठले मन्त्रालयका बरिष्ठ स्वास्थ्य विशेषज्ञ ( विशिष्ट श्रेणी ) डा दिपेन्द्ररमण सिंहलाई प्रदान गर्नुभएको हो ।
सो अवसरमा स्वास्थ्य विशेषज्ञ सिंहले कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि सबैको साथ र सहयोगको खाँचो औल्याउँदै समाजले उपलब्ध गराएको सामग्री अधिकत्तम सदुपयोग गर्ने बताउनुभयो ।
सो अवसरमा समाजका अध्यक्ष डा श्रेष्ठले चीनको आठ वटा मेडिकल फर्मास्युटिकल कम्पनीले समाजलाई दुई साता अघि सो सामग्री उपलब्ध गराएको जनाउँदै नेपालस्थित चिनियाँ राजदूतावाससंग समन्वय गरी राज्यका विभिन्न निकाय, अस्पताललाई प्रदान गर्दै आएको बताउनुभयो । कोरोना महमारीको समयमा नेपालको सहयोगका लागि मित्र राष्ट्र चीन सदैव तयार भएको सन्देश यसबाट प्रवाह भएको महासचिव प्रजापतिको भनाई रहेको छ ।
यस अघि समाजले वीर अस्पताल, ट्रमा अस्पताल, प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल, क्षेत्रपाटी निशुल्क चिकित्सालय, ललितपुर सामुदायिक स्वास्थ्य ह्दय सेवा केन्द्र,महालक्ष्मी उद्योग वाणिज्य संघलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको थियो । ती सबै सामग्री समाजलाई चीनबाट अनुदान स्वरुप प्राप्त भएको समाजका महासचिव सुशील प्रजापतिले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्री उमेश श्रेष्ठसँग पनि संक्षिप्त भेटघाट तथा बधाई ज्ञापन पश्चात गरिएको सहयोग हस्तान्तरणका अवसरमा समाजका उपाध्यक्ष डा मनोजमान श्रेष्ठ, सदस्य डा. कृष्णगोपाल महर्जन र अरनिको सांस्कृतिक प्रर्वद्धन तथा व्यावसायिक समाजका अध्यक्ष अजरमान जोशी लगायतको उपस्थिति रहेको थियो ।
अरनिको समाजमा चीनमा चिनियाँ भाषाबाट पढेर फर्किएका नेपालीहरुको संगठन हो । यस संगठनमा विशेषतः चिकित्सकहरुको बाहुल्य रहेको छ । (समाचार सहयोगमा )

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑