काठमाडौं / नेपालमण्डलको प्राचीन बज्रयान बौद्ध धर्मका विद्वानका प्रकाण्ड बिद्वान महागुरु पं. बद्रीरत्न बज्राचार्यको प्रतिमा एक कार्यक्रमकाबीच अनावरण गरिएको छ । काठमाडौंको बिजयस्वरी नजिक रहेको बैरोचन तीर्थमा रहेको धम्महलमा उनका शिष्य समेत रहेका लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्य तथा उनका पौत्रले संयुक्त रुपमा प्रतिमा अनावरण गरेका थिए । कार्यक्रममा बोल्नुहुँदै प्रा. डा. नरेशमान बज्राचार्यले बद्री गुरुजु महागुरु भएको र उहाँको बज्रायान बौद्ध शिक्षा प्रचार प्रशार र पुनर्जागरणमा महत्वपूर्ण भूमिका रहेको बताए । उनले देखाएको बाटोमा हिंडेर महागुरु बद्री गुरुजुलाई सधैं जीवित राख्न सक्ने बताउँदै उहाँका योगदान सदा स्मरणीय रहने प्रा. डा. नरेशमान बज्राचार्यले बताए । कार्यक्रम बज्राचार्य अध्ययन मण्डलको सक्रियतामा भएको थियो । गुरु पूणिर्माको दिन गुरुको गुणानुस्मरण गर्दै यसरी गुरु प्रतिमा अनावरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै अध्ययन मण्डलका अध्यक्ष प्रमुख सेनानी सानुराजा बज्राचार्यले प्रतिमा स्थापना गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५