• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनको तारिफमा एक सरकारी मिडियाले प्रकाशन गरेको लेख!


सुभाय् संवाददाताJuly 14, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

तीन  अपराजित यात्रा



काठमाडौँ, असार ३० गते । डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुबा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट वि.सं. २००३ जेठ ३१ मा जन्मनुभएका शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । आफ्नो सम्पूर्ण जीवनलाई गरिब, पिछडिएको समाज तथा जातजाति, वर्ग, देशको निम्ति समर्पण गर्नुभएका देउवा नेपाली काँग्रेसका केन्द्रीय सभापतिसमेत हुनुहुन्छ ।
लोकतान्त्रिक आन्दोलनको क्रममा पटक पटक गरी करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनुभएका देउवाको जीवनयात्रा निकै कठिन र सङ्घर्षमय छ । तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा आवाज घन्काउँदा उहाँले एक दशक राजनीतिक बन्दीका रूपमा व्यतीत गर्नुप¥यो । त्यति मात्र होइन युवा अवस्थामा नै उहाँले प्रवासमा जीवन बिताउनुप¥यो ।

पाँचौँ पटक कार्यकारी प्रमुख
काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएका सभापति देउवालाई ७५ वर्षको उमेरमा पाँचौँ पटक देशको कार्यकारी प्रमुख बन्ने सुअवसर प्राप्त भएको छ । यसअघि वि.सं. २०७४ मा उहाँकै कार्यकारी नेतृत्वमा स्थानीय तह, प्रदेश सभा र सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचनमा काँग्रेस दोस्रो दल बनेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सौहार्दपूर्ण वातावरणमा उहाँले सत्ता हस्तान्तरण गर्नुभएको थियो । घुमिफिरी रुम्जाटार भनेझैँ झन्डै दुई तिहाइ मत पाएको नेकपा (एमाले)मा आएको विवादका कारण देउवालाई पुनः प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशको सेवा गर्ने सुअवसर मिलेको छ ।

अविरल निर्वाचित जनप्रतिनिधि
पञ्चायतकालको कठोर समयमै विद्यार्थीको नेता हुन सफल देउवा २०४८ यता अविरल निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । वि.सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित हुनुभयो । त्यसैगरी, २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी हुनुभयो । वि.सं. २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाटै विजयी हुनुभएको थियो । नेपालका समकालीन राजनीतिज्ञहरूमध्ये उहाँ ३० वर्षदेखि निरन्तर निर्वाचित विधायक हुनुहुन्छ ।
यसरी तीन दशकसम्म लगातार जनताबाट अनुमोदित विरालाकोटी नेतामा उहाँ पर्नुहुन्छ । शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट प्रशिक्षित देउवालाई पाँच वर्ष प्रतिपक्षको जनादेश हुँदाहुँदै अचानक प्रधानमन्त्री पद प्राप्त भएको छ । कतिपयले देउवालाई भाग्यमानी नेता पनि भन्ने गर्छन् । लोकतन्त्रप्रतिको अटुट लगाव र तदनुरूप सङ्घर्ष तथा निडर व्यक्तित्वका कारण उहाँलाई जनताले सधैँ विजयी गराउँदै आएका छन् ।
विज्ञान पढेपछि डाक्टर, इन्जिनियर बनी पैसा कमाइन्छ भन्ने छाप गाउँमा परेकाले परिवारको सल्लाहमा विज्ञान पढ्न काठमाडौँ आउनुभएका देउवा चिकित्सक तथा इन्जिनियर त बन्नु भएन तर मुलुक हाँक्ने सारथि बन्नुभयो । खासगरी दर्शन विषयका पुस्तक अध्ययन गर्न रुचाउने देउवा प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएको हो । बेलायतको उच्च शिक्षाले देउवालाई लोकतन्त्रको फराकिलो क्षितिजसम्म विचार र विवेकलाई आत्मसात् गर्ने अवसर दियो ।
उहाँ नेपाल विद्यार्थी सङ्घको निर्वाचित सभापति एवं संस्थापक सदस्य हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनुभएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाउनुभएको थियो । त्यतिबेला उहाँ भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेल्धुरा पुग्नुभएको थियो ।

उचारचढावको राजनीतिक यात्रा
वि.सं. २०४६ मा गणेशमान सिंहको नेतृत्वमा नेपाली काँग्रेसले देशमा पहिलो जनआन्दोलनको अगुवाइ ग¥यो । त्यतिबेला देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययनरत हुनुहुन्थ्यो । जनआन्दोलन सफल भएपछि उहाँ लन्डनबाट काठमाडौंँ आउनुभएको हो । वि.सं. २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्न सफल हुनुभयो । उहाँकै नेतृत्वमा सुदूरपश्चिममा नेपाली काँग्रेसले प्रभावकारी विजय हासिल गरेर उहाँ गृहमन्त्री बन्नुभएको थियो ।
गृहमन्त्री बनेको साढे तीन वर्षभित्रै उहाँ नेपाली काँग्रेस संसदीय दलको नेतासँगै संसद्मा प्रमुख विपक्षी दलको नेता बन्नुभयो र पाँचै वर्षमा मुलुकको प्रधानमन्त्री बन्नुभयो । राजनीतिमा धेरै उतारचढाव खेप्नुभएका देउवाले काँग्रेसभित्रको बढ्दो सत्ता सङ्घर्षमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाउनुभयो । उहाँले २०५७ मा भएको काँग्रेसको १०औँ पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाकै विरुद्धमा सभापति पदमा प्रतिस्पर्धा गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको फेलोसमेत हुनुहुन्छ । कानुनमा स्नातक उहाँले भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)बाट मानार्थ विद्यावारिधि (पीएचडी) प्राप्त गर्नुभएको छ ।
स्थानीय क्षेत्रमा रहेका विद्यालयबाटै प्रारम्भिक शिक्षा हासिल गर्नुभएका देउवा एसएलसी दिएपछि उच्च शिक्षाका लागि वि.सं. २०२१ मा काठमाडौँको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो । त्यसपछि उहाँ नेविसङ्घभित्र राजनीतिमा सक्रिय हुनुभयो । निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा काम गर्दा नै पञ्चायती व्यवस्थाका पक्षधरबाट पटक पटक पक्राउ पर्नुभयो ।
वि.सं. २०४८ मा जनप्रतिनिधि भएर काठमाडौँ पसेपछिकोे राजनीतिक यात्रामा देउवाका सीमित विफलता तर धेरै सफलता हात लागेका छन् । काँग्रेसभित्रको बढ्दो सत्ता सङ्घर्षमा अलग पार्टी निर्माण गर्न पुग्नुभयो । त्यसअघि नै देशमा नेकपा माओवादीले अगाडि बढाएको सशस्त्र विद्रोह (जनयुद्ध)ले सरकार कमजोर हुँदै जाँदा तत्कालीन राजा र शाही सेनाको असहयोग पनि बढ्दै गएको थियो ।
यता एमालेले ५७ दिनसम्मको संसद् घेराउ गरेर निर्वाचित जनप्रतिनिधिहरूको संस्था प्रतिनिधि सभा चल्न दिएन । यस्तो अवस्थामा काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । त्यसपछि काँग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उहाँ पुनः काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभयो । संसद्मा पार्टीको बहुमत भएकाले उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो । पछि तत्कालीन राजाबाट उहाँ सत्ताच्युत हुनुप¥यो ।
राजनीतिक घटना सँगसँगै वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘शाही कू’मार्फत देउवालाई दोस्रो पटक हटाइदिएर सत्ता आफ्नो हातमा लिएका थिए । नेपाली काँग्रेसको राजनीतिमा पाँच दशकपछि वि.सं. २०७२ को तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली काँग्रेसको पार्टी सभापतिमा विजयी हुनुभयो ।
उहाँ सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभयो भने सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष पनि हुनुभयो । देउवाका एक छोरा जयवीर र श्रीमती डा. आरजु राणा देउवा हुनुहुन्छ । डा. राणा काँग्रेसको राजनीतिमै सक्रिय हुनुहुन्छ ।

राजनेता बन्ने सुवर्ण अवसर
पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त देउवालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउने तथा कोरोनाबाट थिलथिलो भएको नेपाली समाज र जनतालाई भरपर्दो नेतृत्व प्रदान गर्नुपर्ने चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा लोकतन्त्रवादी शीर्ष नेताको छवि बनाउन सफल देउवाका अगाडि राजनेता बन्ने सुनौलो अवसर छ ।                                                      – -नारद     साभार:गोरखापत्र 

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑