• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 31, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

मेलम्चीमा बाढी ,सात जनाको मृत्यु , दुइको शव फेला, अर्बाैँको नोक्सानी


सुभाय् संवाददाता June 16, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

बिदुर आचार्य
चौतारा, असार २ गते । लार्के खोलाबाट सुरु भएको बाढीले मेलम्ची नदी तटीय क्षेत्रमा अथाह क्षती भएको छ । बाढीले बगाउँदा सात जनाको मृत्यु भएको छ भने दुइको शव फेला परेको छ । बाढीबाट मेलम्ची बजारका अधिकांश घरमा क्षति पुगेको छ । मंगलबार साँझबाट सुरु भएको बाढीले मेलम्ची –हेलम्बु र मेलम्ची तिपेनी दुबै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ ।

मेलम्चीबाट माथिल्लो क्षेत्र जोडिने सबै झोलुङ्गे र पक्की पुलहरु बाढीले बगाएको छ । हेलम्बु र पाँचपोखरी गाउँपालिका सडक सञ्जालवाट अलग भएका छन् । निर्माणाधीन रेडियो मेलम्चीको भवन सहित मेलम्ची बसपार्क क्षेत्र हजारौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । बिसौँ किलोमिटर मेलम्ची–तीम्वु करिडोरका सबै संरचना र खेतीयोग्य जमिन मंगलबारको बाढीले बगाएको छ । नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले उद्धारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारि दिनुभयो ।

बाढीको कटानवाट सुरक्षित रहन घरको छतमा रहेका स्थानीयहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार सुरु भएको छ । घाईतेहरुको उद्धारकालागि नेपाली सेनाको हेलिकप्टर बाढीग्रस्त क्षेत्रमा पठाईएको र आवश्यक उद्धार र पुनःस्थापना बारे छलफल सुरु भएको मेलम्ची क्षेत्रका सांसद तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
सुरक्षित मानिएको पर्यटकीय क्षेत्रमा आएको बाढीले अकल्पनीय क्षति भएको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिकाको तीम्वु वजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची वारका सयौँ घर बाढीले बगाएको छ ।
प्रहरीले भने क्षतिको यकिन तथ्यांक आइनसकेको बताएको छ । पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.३ लार्केमा गएको पहिरो १ घण्टासम्म खोला थुनियर फुटदा आएको बाढिले निकै ठूलो क्षति पुर्याइएको र क्षतिको अनुमान मात्र गर्न सकिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारि दिनुभयो ।
तीम्बु बजारमा रहेको तिम्बु प्रहरी चौकी सहित वजारका सबै घर बगाएको ईलामा प्रहरी कार्यालय तीम्वुले जनाएको छ । यस्तै बाढिले मेलम्चीमा निर्माणधिन अबस्थामा रहेको सिटि पार्क बगाएको छ भने मेलम्चीमा रहेको आमाहेल्मो बसपार्कमा रहेका टहराहरु बगाएको छ ।
साभार :गोरखापत्र

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य
  • जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल
  • संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    नाडा अटो शो २०२६ सम्पन्न

    नेवाः न्ह्यलुवा मल्ल के. सुन्दर ज्याझ्वलय् मू पाहाँ मजुइगु

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑