लुम्बिनी / लुम्बिनीमा बैशाख पूर्णिमाको दिन विशेष बुद्ध जयन्तीको कार्यक्रम आयोजना गरिएको छ ।
भगवान बुद्धको जन्मभूमिमा लुम्बिनी बिकास कोषले आयोजना विशेष बुद्ध जयन्ती कार्यक्रममा भएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा लुम्बिनीमा रहेका विभिन्न गुम्बा बिहार तथा अन्तर्राष्ट्रिय मन्दिरहरुका धर्म गुरुहरुले आ-आफ्नो पद्धति अनुसार विशेष पाठ गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको नेतृत्वमा थाइ बिहारका प्रमुख सुपोथ भन्ते , भियतनाम बिहारका प्रमुख भिक्षु डा. लाम लगायत धर्मगुरुहरुको पनि सहभागिता रहेको थियो ।
मायादेवी मन्दिर अगाडि भएको धर्म सभामा थेरबाद , महायान , वज्रयान पद्धति अनुसार पाठ गरिएको थियो ।
कार्यक्रममा भगवान बुद्धको जन्मभूमि लुम्बिनी विश्व बौद्ध जगतको आकर्षणको केन्द्र रहेको भन्नुहुँदैं यहाँको विकास निर्माणमा सरकारले अग्रसरतामा लिएको बताए ।
लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले धन्यवाद ज्ञापन गर्दै लुम्बिनीको महत्त्व बारे मन्तब्य राख्नुभएको थियो । कार्यक्रम कोषका सदस्य सचिव सानुराजा शाक्यले चलाएका थिए ।
त्यसैगरी बुद्ध जयन्तीको उपलक्ष्यमा लुम्बिनी उद्यानमा फलफूलका बोट बृक्षारोपन पनि गरिएको थियो । मुख्यमन्त्री शंकर पोखरेलद्वारा बृक्षारोपन सुरु गरेका थिए । भगवान गौतम बुद्धका जीवनका महत्त्वपूर्ण त्रिसंयोग , जन्म बोधी ज्ञान लाभ , महापरिनिर्वाण भएको दिन , वैशाख पूर्णिमा हो ।
कोरोना महामारीका कारण यसपटक बृहत रुपमा बुद्ध जयन्ती मनाउने कार्यक्रम रहेको भएपनि सामान्य रुपमा मनाउने कार्य भएको थियो । यस दिनलाई संयुक्त राष्ट्र संघले समेत बैशाख डे भनेर मनाउने गरिन्छ । साँ झ दीप प्रज्वलन गरिएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५