• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

छत्रपाटीमा पनि विशेष कोविड अस्पताल सञ्चालन !


सुभाय् संवाददाताMay 26, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं / काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौंको भित्री सहरको पुरानो स्वास्थ केन्द्र छत्रपाटी निःशुल्क चिकित्सालयद्वारा विशेष कोविड अस्पताल आजबाट सञ्चालन सुरु गरेको छ ।
उक्त विशेष कोविद अस्पतालको एक कार्यक्रमकाबिच आज सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रूपमा उद्घाटन गरेका थिए । यस विशेष कोविद अस्पतालको निम्ति महानगरपालिकाले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५३५ रुपियाँ तथा मासिक सञ्चालन खर्च करीब ४८ लाख १६ हजार ६५७ रुपियाँ सहयोग गर्ने निर्णय भएको थियो  भने उक्त कोबिड अस्पतालका निम्ति गत बैशाख ३१ गते सम्झौता भएको थियो ।
काठमाडौं महानगरको भगिनी सहर ल्हासाले प्रदान गरेको भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई दिइएको थियो । त्यसैगरी अस्पतालले किन्ने थप ३ वटा भेन्टिलेटरको निम्ति रकम महानगरले भुक्तानी गरेको बताइएको छ । अस्पतालको क्षमता बढाउन कोविड संक्रमणमा रोगीहरुको सरल उपचारको वातावरण बनाउनको निम्ति महानगरले सरकारी तथा सामुदायिक अस्पतालसँग सहकार्य गरेको काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले बताउँदै जनताको जीवन रक्षा गर्न आवश्यक सबै कार्यमा प्राथमिकता दिएको बताए । अस्पतालको क्षमता बढाउने तथा संक्रमण दर घटाउने कार्यलाई सँगसँगै लैजान सके मात्र कोविडलाई  नियन्त्रणमा लिन सक्ने भन्दै सबै मिलेर अगाडि बढ्नु बाहेक विकल्प नभएको उनले बताए ।
यस अस्पतालको नयाँ भवन निर्माणको निमित्त करीब ५ करोड रकम सहयोग गर्न छुट्याइएको जानकारी दिंदैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।
अस्पतालया अध्यक्ष डा. मनोजमान श्रेष्ठले महानगर पालिकाको सहयोगले  अस्पतालकाे सेवा क्षेत्र बढाउन मद्दत पुुुगेकाे र  सकेसम्म जनतालाई सेवा प्रदान गर्न अगाडि बढ्ने जानकारी दिंदैं पारदर्शिताकाे निम्ति  सेवा सम्बन्धि विवरण हरेक दिन महानगरपालिकामा पठाउने पनि बताए ।                                                       अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीले अस्पतालमा ७ आइसीयू, ४ भेन्टिलेटर ६ एचडीयू सहित ३५ वेडको कोविड अस्पताल सञ्चालन हुने जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑