धरान /धरान प्रज्ञा प्रतिष्ठान धरान उप-महानगर पालिकाको आयोजनामा गत कार्तिक २२ गते बहुभाषिक कविता गोष्ठी सम्पन्न भयो ।
मातृभाषा साहित्यको संरक्षण संवर्द्धन गर्ने तथा लेख्य साहित्य परम्पराको विकास गर्ने उद्देश्य लिएर आयोजना गरिएको उक्त कविता गोष्ठीमा राई , लिम्बू, नेपाल भाषा तामाङ भाषा लगायतका मातृभाषाका कवि कवयत्रीहरुले भाग लिएका थिए ।
सेमाङ याख्खा , शुशा कदम , इन्दु नेपाल योन्जन, प्रदीप मेयाङ्बो मिलन चाम्लिङ राईका कविता उत्कृष्ट ५ मा परेका थिए ।
“भाषा हाम्रो पहिचान हो” भन्ने नारा सहित धरान सभा गृहमा आयोजित उक्त बहूभाषिक कविता गोष्ठीमा मातृभाषी साहित्य क्षेत्रको निम्ति एउटा सकारात्मक कदमको रुपमा लिन सकिन्छ ।
उक्त गोष्ठीका सर्वोत्कृष्ट ५ कवितालाई नगद पुरस्कार सहितको सम्मान प्रदान गरिएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५