काठमाडौं पत्रकार महासंघमा काठमाडौंका रैथाने पत्रकार सून्य
सुभाय् संवाददाताApril 9, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १२ मिनेट
काठमाडौँ /काठमाडौं पत्रकार महासंघमा काठमाडौंका रैथाने सून्यजस्तै देखिएको छ , शैलेश डंगोल र रीना श्रेष्ठको प्रतिनिधित्व सामान्य जस्तै देखियो । यो पनि एक प्रकारको रैथानेको पराजय हो । काठमाडौं जिल्लामा मात्र नेवा: पत्रकार दबूमा लगभग २०० पत्रकारले सदस्यता लिएका छन् तर उनीहरु महासंघमा किन देखिएन त्यो पनि सोचनीय कुरा हो । जे होस् काठमाडौंका सबै क्षेत्रमा जस्तै पत्रकार संघको चुनावमा पनि रैथानेको स्थिति नाजुक रहेको दुखलाग्दो नतिजा आएको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल (भाञ्जा), महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् ।
यसैगरी खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुङ्गेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डङ्गोल विजयी भएका छन् । मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजयी भएका छन् ।
देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो ।