• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 31, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

काठमाडौं उपत्यकाको वायु प्रदुषणले फोक्सो र आँखामा पार्न सक्छ गम्भीर प्रभाव पार्न सक्ने विज्ञको चेतावनी


सुभाय् संवाददाता March 28, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरेका छन्।
केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो। शनिवार पनि उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ।
उपत्यकामा यस्तो अवस्था अझै केही दिन रहन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।
चिकित्कसहरूका भनाइमा अहिलेको जस्तो वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा सङ्क्रमण हुनसक्छ।
त्यसबाट बच्न विभिन्न उपायहरू अवलम्बन गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।
काठमाण्डूको वायु प्रदूषण मापदण्डभन्दा पाँचगुणा खराब रहेको अवस्था छ यो समय ।

यो वायु प्रदूषण धूमपानभन्दा खतरनाक रहेको बताइएको छ । 

एउटा कारण यस पटक हिउँदमा वर्षा नहुनु र वायुमण्डलमा धूवाँ तथा धूलोको मात्रा बढी हुनु भएको वातावरण विभागको प्रदूषण नियमन तथा नियन्त्रण शाखाका प्रमुख शङ्करप्रसाद पौडेलले बताए।

तुँवालो लाग्नुका अन्य कारणबारे उनले भने, “चैतको हावाहुरी चल्ने समयमा काठमाडौंमा हावा ठप्पजस्तो बसेको छ। पछिल्लो समय तराईतिर लागेको डढेलोबाट निस्किएको धूवाँ भैँसेपाटी क्षेत्र हुँदै उपत्यका प्रवेश गरेको छ। पानी नपर्ने र हावा नचल्ने कारणले यस्तो भएको हो।”

उनका अनुसार उपत्यकामा अहिले देखिएको अवस्था एकाएक उत्पन्न भएको भने होइन।

केही दिनदेखि वायुमण्डलमा रहेको प्रदूषणको मात्रा उच्चबिन्दुमा पुगेकाले अहिलेको अवस्था आएको पौडेलको भनाइ छ।

यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अधिकारीका अनुसार शनिवार पनि मौसममा खासै सुधार आएको छैन।
विभागको मौसम पूर्वानुमान महाशाखका मौसमविद् गङ्गा नगरकोटीका अनुसार शनिवार पनि उपत्यकाको वायुमण्डल स्थिर रहेको छ।
“हावाको गति स्थिर रहेकाले भिजिबिलिटीको अवस्था आज (शनिवार) पनि उस्तै छ,” उनले भनिन्, “यो तुँवालो हट्नका लागि कि हावाको गति बढ्नुपर्छ कि त वर्षा नै हुनुपर्छ।”
विभागका अनुसार उपत्यकामा अझै दुई दिनसम्म यस्तै अवस्था रहन सक्ने देखिन्छ।
त्यसपछि पश्चिमी वायुको प्रभाव केही मात्रामा देखिने भए पनि त्यसले वर्षा गराउने सम्भावना न्यून रहेकाले पूर्ण रूपमा तुँवालो हट्न अझै केही दिन लाग्न सक्छ।
अहिलेको तुँवालो लाग्नुको एउटा कारण नेपालको दक्षिणी भेगमा लागेको डढेलो भए पनि त्यसबाहेकका कारणबारे अध्ययन नै गर्नुपर्ने मौसमविद् नगरकोटीले बताइन्।

सरकारी आग्रह

वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार सबैलाई सावधानी अपनाउन आग्रह गरेको थियो।
मन्त्रालयले वक्तव्य जारी गर्दै सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न, घरबाहिर ननिस्कन, अनावश्यक रूपमा सवारीसाधन नचलाउन, फोहोर नचलाउन र धूलो र धूवाँ हुनेखालका निर्माण कार्य नगर्न आग्रह गरेको छ।
चिकित्सकहरूका अनुसार काठमाडौं उपत्यकामा अहिले देखिएको प्रदूषणका कारण सावधानी नअपनाएमा मानव स्वास्थ्यमा गम्भीर खालका असरहरू पनि पर्न सक्छन्।

यो प्रदूषणले स्वास्थ्यमा पार्ने असर के-के हुन्?

छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकालका अनुसार उपत्यकामा अहिले देखिएको प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका हिसाबले हेर्ने हो भने निकै खराब तहको रहेको छ।
त्यसले गर्दा विशेषगरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढाएको उनले बताए।                        काठमाडौं उपत्यकाले ठेग्न सक्ने जनघनत्व १५/२० लाख हाराहारीको रहेकोे छ हाल यहाँ ६०/७० लाखको आवादी रहेकोे र यातायातको संख्या त्यतिकै बढेको छ । यो पनि यश प्रकारको प्रदुषण बढ्नुको कारण रहेको विज्ञहरुले बताएका छन्।  (बिबिसीको  समाचार सहयोगमा )

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य
  • जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल
  • संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    नाडा अटो शो २०२६ सम्पन्न

    नेवाः न्ह्यलुवा मल्ल के. सुन्दर ज्याझ्वलय् मू पाहाँ मजुइगु

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑