मुम्बई / बलिउडका चर्चित अभिनेता आमिर खानलाई कोरोना पुष्टी भएको खबर चर्चामा रहेको बेला मुम्बईका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
तेन्दुलकरले आफूलाई शनिबार कोभिड–१९ संक्रमण पुष्टि भएको ट्वीटमार्फत बताएका छन् । कोरोना संक्रमण हुनुअघि सामान्य लक्षणहरु देखा परेको उनले बताएका छन् । आफूलाई संक्रमण पोजिटिभ भए पनि परिवारका अन्य सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको उनले उल्लेख गरेका छन् ।
उनले आवश्यक स्वास्थ्य सतर्कता अपनाएको पनि बताएका छन् । उनी घरमै होम क्वारेन्टाइनमै रहेर डाक्टरले दिएका सुझावहरु अनुसरण गरिरहेको बताएका छन् ।
स्मरणीय छ , महाराष्ट्रमा आइतबार बाट राति कर्फ्यु लाग्ने त्यहाँँको सरकारले सूचना जारी गरिसकेको बिबिसीले हिजो जनाएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५