• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 02, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  व्यक्तित्व

“म कसैलाई सिकाउन सक्दिन बरु उनीहरू स्वयं सोच्न प्रेरित गर्छु”


सुभाय् संवाददाता February 9, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

चन्द्रमणि गौतम
सोक्रेटेस (ई.पू. ४७०–३९९) पश्चिमा दर्शनका अधिष्ठाता प्राचीन ग्रीक विद्वान चिन्तक हुन् । उनी (चित्रमा सेतो कपडा लगाएर औँला ठड्याइरहेका) मौलिक शिक्षा र आचारद्वारा उदाहरण दिन रुचि राख्दथे। सामान्य शिक्षा र मानवीय सदाचारमा जोड दिएर उनले रुढीवाद र अन्धविश्वासबिरुद्ध प्रहार गरे । मैले पहिलो पटक सोक्रेटेसको नाम सुनेको हाइस्कूलमा अँग्रेजी पढ्दा ‘फोर थिङ् स्’ मा उनको शिक्षाको प्रसंग आउँथ्यो ।
बुद्धले जस्तै सोक्रेटेसले पनि आफ्नो कुनै लिखित कृति छोडेनन् । तर बुद्धका चेलाहरूले उनका उपदेश कण्ठस्थ पार्न थालेका थिए । एरिस्टोटल, प्लेटोजस्ता सोक्रेटेसका वैचारिक उत्तराधिकारीहरूले आफ्ना कृति र संवादमा उल्लेख गरेका आधारमा उनका विचार हामीलाई थाहा हुने हो । यहाँ उल्लेखित वाणी प्लेटोको चर्चित पुस्तक गणराज्य (रिपब्लिक) मा ई.पू. ५०६ मा उल्लेख भएको आधारमा यहाँ राखियो ।
यिनलाई हावादारी विचार तथा बहस मन पर्दैनथ्यो । विवाहित र ३ छोराका पिता भए पनि एक फकिरको जस्तो यिनको जीवन थियो । उनको वैचारिक अभियानलाई प्लेटो र एरिस्टोटलले निरन्तरता दिए । युवाहरूलाई भड्काएको र देव निन्दा गरी नास्तिक विचार फैलाएको दोष लगाएर ‘हेमलक’ नामक विष खान दिएर उनको हत्या गरियो ।
सोक्रेटेस ढुङ्गा काट्ने पेशा गर्ने साफ्रानिस्कस र सुडेनी आमा फिनरितका छोराका रुपमा गरिब परिवारमा जन्मेका थिए । उनलाई मृत्युदण्ड दिँदा उनको मुद्दा पाँच सय जुरीको कचहरीले हेरेको थियो । तीमध्ये ३६१ जना ‘पञ्च भलाद्मी’ ले मात्र मृत्युदण्ड दिनुपर्ने मत दिएका थिए । झिनो मतको अन्तरले उनलाई विष पिलाइयो । उनले आफ्नो विचार त्यागेको वा एथेन्स् छोडेर जान राजि भएको भए सँजाय माफी हुनसक्थ्यो।
जेलभित्र विष पिलाएपछि सोक्रेटेस क्रमशः शिथिल हुँदै गए। अन्तिम वाक्यका रुपमा उनले आफ्ना चेला क्रिटोलाई अह्राएको भनाई थियो, “क्रिटो, हामीले एसलेपियसको कुखुराको भालेको दाम तिर्न बाँकी छ । त्यो तिरिदिनु ।” ७१ वर्षको उमेरमा घाम अस्ताउने बेलातिर उनको निधन भयो ।
उनका केही उत्कृष्ट विचार यस्ता छन्–
कोही मान्छेले अन्जानमै सत्य विचार लिएको अर्थ अन्धो मान्छेले ठीक बाटो लिएको जस्तै हो ।
गतिला मान्छेहरू बाँच्नका लागि खान–पिन गर्छन्, अगतिला मान्छेहरू खान–पिनका लागि बाँच्न चाहन्छन्।
म कसैलाई केही पनि सिकाउन सक्दिन । म उनीहरूलाई स्वयं सोच्न प्रेरित गर्छु ।

सम्बन्धित पोस्ट
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    नाडा अटो शो २०२६ सम्पन्न

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑