• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 15, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / व्यक्तित्व

पूर्वका सहिद भीमनारायण श्रेष्ठ


सुभाय् संवाददाताJanuary 29, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भीमनारायण श्रेष्ठ (वि.सं. १९९४–२०३५) : ०१७ सालको परिवर्तनका बिरूद्ध भीमनारायणजी त्यही बेलादेखि नै सक्रिय हुनुहुन्थ्यो । सशस्त्र कारवाहीका लागि काँग्रेसबाट भारतको फारबिसगञ्ज र नक्सलबाडीमा खोलिएका सशस्त्र तालिम केन्द्रहरूमा गिरिजाबाबु डगलसेन लिम्बू आदि नेताहरूका साथ भीमनारायणजी, रामकृष्ण श्रेष्ठ, प्रेमकुमारी वान्तबा, केदारलाल श्रेष्ठ आदि जुझारु कार्यकर्ता सक्रिय हुनुभएको थियो ।
विराटनगर बमकाण्ड २०३० चैत ३ मा घटेको थियो । शहिद भीमनारायण श्रेष्ठ सो बम काण्डबाट सिकिस्त रूपमा घाइते भएकोमा चिकित्सकले बाँच्दैनन् भन्ने अनुमान गरेका थिए । राजा वीरेन्द्रको बिराटनगर भ्रमणका क्रममा विष्फोट गराउन भनी गिरिजाप्रसाद कोइरालाले बिराटनगरमा रामकृष्ण श्रेष्ठलाई दिन जोगवानीमा जिम्मा दिएको ग्रिनेडको पोको रामकृष्णलाई जिम्मा लगाएको एकैछिनमा पड्किएपछि उहाँ घाइते हुनभयो । नगेन्द्रबहादुर पराजुली, रामकृष्ण श्रेष्ठको विस्फोटमा परी मृत्यु भयो । हरि पराजुली सख्त घाइते भएको र उपचारकै क्रममा अस्पतालबाट गायव भएका थिए । समय क्रममा उनलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका पिता डिल्लीबहादुर कार्कीको घरमा प्रहरीले फेला पारेर यातनापूर्वक केरकार ग¥यो । हरि पराजुलीलाई चरम यातनाकै बीच प्रहरीले उपचारबाट छुटाई लग्न खोजेकोमा डाक्टर याहा खानले अनुमति नदिएपछि प्रहरीले केही गर्न सकेन । चरम यातनाकै कारण एक वर्षपछि उनको मृत्यु भयो ।
विराटनगर बम काण्डको मुद्दा हेर्न पञ्चायती शासनले न्यायाधीश ऋद्धिमानन्द बज्राचार्यको विशेष अदालत गठन गर्यो । राजा वीरेन्द्रलाई बम हान्ने काम नभएको र उनको सवारीस्थल र विस्फोटस्थल अलग—अलग भए पनि चरम यातनाका आधारमा गराइएको साविती बयानकै एकमात्र आधारमा बज्राचार्यको बेञ्चले भीमनारायणलाई मृत्युदण्डको फैसला सुनायो ।
भीमनारायणजीको सो मुद्दा पूर्वाञ्चल क्षेत्रीय अदालत हुँदै सर्बोच्च अदालतमा पुगेपछि न्यायाधीशद्वय वासुदेव शर्मा र झपटसिंह रावलले २०३३ फागुन ६ मा उक्त मृत्युदण्डको फैसला सदरको घोषणा गरे । त्यसअघि क्षेत्रीय अदालतमा मुद्दा चलेको इजलाशमा केही सैनिक अधिकारीहरू सैनिक पोशाकमै उपस्थित भएका थिए । वासुदेव शर्मा बीपीकै साढुभाई थिए । मृत्युदण्डजस्तो जघन्य सजाय सहजै दिन तयार हुने न्यायाधीश वासुदेव शर्माले उक्त कार्य आफूले तत्कालीन प्रधानन्यायाधीश नयनबहादुर खत्रीको आग्रहमा गरेको तर्क दिएका थिए। २०३५ माघ २६ मा सप्तकोशीको पश्चिम किनारको रुखमा बाँधेर उहाँलाई ३ वटा गोली हानी मृत्युदण्ड दिइयो ।
धनकुटा सिरानबजारमा पिता सूर्यनारायण र माता लक्ष्मी श्रेष्ठका छोरा भीमनारायणजीको जन्म बि.सं. १९९४ असार २४ गते भएको थियो । २ छोरी र २ छोराका पिता भीमनारायणजीले २०१० सालमा छात्र संघको सदस्यको हैसियतले तेह्रथुम, चैनपुर, आठराई, ताप्लेजुङ्लगायतका पूर्वी पहाडका जिल्लाहरूमा घुमेर छात्र संघको गठन र २०१५ सालको संसदीय निर्वाचनमा धनकुटाका दुवै संसदीय स्थानमा नेपाली काँग्रेसका उम्मेद्वारलाई जिताउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँका २ छोरामध्ये कान्छा मनोहरनारायण धन्कुटा जिल्लाका काँग्रेस नेता हुनुहुन्छ।
(यो प्रस्तुतीको कानुनी पक्ष बार एसोसिएसनका पूर्व महासचिव विजय मिश्रको ०७३ माघ २४ को कान्तिपुरमा प्रकाशित आलेख ‘स्वतन्त्र न्यायालय र मृत्युदण्डको फैसला’ का आधारमा।)
– चन्द्रमणी गौतम

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑