• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 31, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

अब नेकपा संकटको समाधान स्थायी कमिटीबाट


सुभाय् संवाददाता December 6, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४७ मिनेट
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  सचिवालयको बैठक बसेको थियो । बैठकले पार्टीको बिबाद मिलाउने जिम्मा स्थायी समितिलाई दिएको छ ।
बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले मंसिर १३ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रस्तावमाथि छलफल भएको थियो ।
छलफल निष्कर्षमा नपुगेपछि थप छलफल स्थायी कमिटीमा गर्नेगरी बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘अब उक्त बैठकमै पार्टीको संकट त्यसको निवारण र निकासको सम्बन्धमा छलफल हुनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा पार्टीमा अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु प्रस्तुत हुन्छन् ।’
नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।
यसअघि १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक सचिवालय बैठक लम्बिएपछि २१ गतेका लागि सारिएको थियो । स्थायी कमिटी बैठक लगत्तै मंसिर २५ गतेदेखि केन्द्रीय समिति बैठक बोलाइएको छ।
‘उहाँहरुको बीचमा आज छलफल भयो । छलफल पार्टीको स्वभाविक रुपमा समस्या र समाधानमा नै केन्द्रित थियो । तर, आजकै छलफलले निष्कर्ष निकाल्न सम्भव थिएन’, पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भने, ‘आवश्यक परे स्थायी कमिटीको विषमा सचिवालया सदस्यको अनौपचारिक छलफल हुनेछ ।’
 
के हो विवाद
 
कात्तिक २८, मंसिर ३, १३ र १६ गतेको सचिवालय बैठकमा अध्यक्षबीच ‘छेडछाड’ र व्यङ्ग्य वाण मात्र चलेको थियो। प्रचण्डले कात्तिक २८ गते दर्ता गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनले ओली र प्रचण्डको दूरी अझ बढाएको छ। उक्त प्रतिवेदनलाई ओलीले ‘आरोप-पत्र’को संज्ञा दिएका छन्।
प्रचण्डको प्रतिवेदनको जवाफमा अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको राजनीतिक प्रतिवेदन बुझाएका छन्। ओलीको प्रतिवेदनका ५३ बुँदामध्ये अधिकांश बुँदामा प्रचण्डमाथि प्रश्न गरिएको छ।
ओलीले प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन माग गर्दै उक्त प्रतिवेदन खारेज भएको घोषणा समेत गरेका छन्। प्रचण्डले भने ओलीको एकल निर्णयले पार्टी र सरकार नचल्ने भन्दै आफ्नो अडानबाट टसमस नहुने प्रष्ट पारेका छन्। यही विवाद अब स्थायी कमिटीमा पुगेको हो ।
पार्टी विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वयको संवाद ठप्प हुँदा दुवै अध्यक्षका दूतहरुको दौडधुप गरेका छन् । बिहीबार पार्टी विवाद समाधानको विषयमा छलफलका लागि प्रचण्ड निवास खुमलटारमा महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पुगेका थिए। त्यसकै निरन्तरता स्वरुप शुक्रबार बिहानै उपप्रधानमन्त्री ईश्वर पोखरेल खुमलटार पुगेका थिए।
खुमलटार पुगेका ओली निकट नेताले दुवै प्रस्तावको अध्ययन गरेर साझा प्रस्ताव बैठकमा पेश गर्नुपर्ने कुरामा जोड दिएका थिए। यो छलफलमा प्रचण्ड भने सकारात्मक छैनन् ।
(अन्नपूर्ण पोस्टको सहयोगमा)
सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य
  • जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल
  • संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    नाडा अटो शो २०२६ सम्पन्न

    नेवाः न्ह्यलुवा मल्ल के. सुन्दर ज्याझ्वलय् मू पाहाँ मजुइगु

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑