बिन्दुकुमार चौहान , लुम्बिनी / भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी क्षेत्र आज बुधबारदेखि पर्यटकका लागि खुला गरिएको छ।
सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनी पनि खुला गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिएका छ्न् ।
सदस्य सचिव शाक्यका अनुसार अनुसार तत्काल लुम्बिनी क्षेत्र खुला भएपनि मायादेवी मन्दिरभित्र प्रवेश पाइने छैन। तर मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा खुला रहनेछन्।
मायादेवी मन्दिर परिसरमा प्रवेश गर्ने पर्यटकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र प्रवेश गर्नुअघि तापक्रम मापन गरेर मात्रै प्रवेश दिइने पनि उनले बताए।
स्मरणीय छ गत चैत महिनादेखि उक्त क्षेत्र बन्द रहेको थियो । केही दिनयता स्थानीय लुम्बिनी होटल व्यवसायी संघ विहार र गुम्बाहरुले लुम्बिनी क्षेत्र पर्यटकका लागि खोल्नुपर्ने आवाज उठाउँदै आएको थियो । लुम्बिनी पर्यटकका लागि खुुुुल्ला गरिएको बारे सदस्य सचिव सानुराजा शाक्यसँगको कुराकानीको भिडियो
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: subhaypost@gmail.com
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५