• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

भारतको जवाफ नेपाली भूमि मिचेको छैन ,नक्सा नयाँ नभएको भारतीय अधिकारीको तर्क


सुभाय् संवाददाता November 7, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

७० वर्षयतादेखि चलेको सीमा भएको भारतको दाबी

काठमाडौं / कालापानी क्षेत्रको सवालमा भारतले नेपालको कुनै भूभाग नमिचेको दावी गरेको छ ।
भारतले प्रकाशित गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा कालापानी लगायतका भूभाग आफ्नो सीमा भित्र पारेकोमा नेपालमा तीव्र विरोध हुँदै गएपछि भारतको एकपक्षीय नक्सा अमान्य भएको नेपालको परराष्ट्र मन्त्रालयले हिजो प्रेस विज्ञप्ति जारी गरेको भोलिपल्ट  आज बिहिबार पत्रकार सम्मेलन गरेर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबिश कुमारले भारतले नेपालको सीमा नमिचेको दावी गरेको छ ।   भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालले पनि एकपक्षीय निर्णय अस्वीकार्य हुने बताएको भन्दै भारतको आधिकारिक धारणा मागिएको थियो।
यसैबीच नेपालको कालापानी क्षेत्रलाई भारतको सीमाभित्र देखाइएको नयाँ नक्सा भारत सरकारले सार्वजनिक गरेपछि नेपालमा उत्पन्न असन्तुष्टिलाई भारतीय सर्वेक्षण विभागका एक वरिष्ठ अधिकारीले “दुई देशका धारणा भिन्नभिन्न रहे पनि त्यसलाई आफूहरूले विवादास्पद भूमि नमान्ने” बताएका छन्।
नक्सा नयाँ नभएको तर्क गर्दै भारतका महासर्वेक्षक लेफ्टिनन्ट जनरल गिरीश कुमारले भने, “यसमा भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन।”
“नेपालले हामीले भन्ने गरेको कुरा स्वीकार्नैपर्छ भन्ने छैन। तर हामीले जे कुरा मानिरहेका छौँ त्यो भन्नु हाम्रो अधिकार हो,” हिजो  बुधवार बीबीसी नेपालीसँग कुरा गर्दै उनले भने “विवादित भन्ने कुरा पनि वहाँहरूको भनाइ हो, हाम्रो होइन। तर हामी यसबारे छलफललाई निरन्तरता दिनेछौँ। यो ७० वर्षयतादेखि चलेको सीमा हो।”
सीमाविद बुद्धिनारायण श्रेष्ठले बिबिसीसँगको एक कुराकानीमा कालपानी क्षेत्रको सवालमा यसरी आफ्नो धारणा राख्नुभएको थियो  “सन् १८६० भन्दा अघिका सम्पूर्ण नक्साहरूमा लिम्पियाधुराबाट निस्किएको काली भनेर लेखिएको छ। त्यसपछिका नक्साहरूमा चाहिँ त्यो काली नदीलाई कुटी याङ्ग्दी भन्नेमा बदलेर लिपुलेक भन्ज्याङबाट निस्किएको नदीलाई चाहिँ काली भनेर लेखेको पाइएको छ।अर्को भारतीय नक्साहरूमा चाहिँ यी दुवैलाई हटाएर टिङ्कर भन्ज्याङ नजिकै पङ्खागाड खोला नजिकको कालीको मन्दिरबाट निस्किएको नदीलाई काली भनिएको छ।”
अमेरिका र ब्रिटेनका केही पुस्तकालयमा पुराना नक्साहरू रहेका र तिनलाई आधार मानेर अध्ययन हुने हो भने यी विवादलाई ‘नेपालको पक्षमा’ सुल्झाउन सघाउने सीमाविद् श्रेष्ठको धारणा छ।
भारतको यस प्रकारको नक्सा प्रकाशित गरेपछि नेपालमा बिभिन्न ठाउँमा विरोध प्रदर्शन भैरहेको छ ।

“नालापानी हाम्रो मात्र भनियो तर कुनै प्रमाण पेश गरेर हाम्रो भनी दाबी गर्ने कार्य गरेको छैन । यसका निम्ति अध्ययन हुनुपर्छ । मैले बेलायतको पुस्तकालयमा अमेरिकाको पुस्तकालयमा रहेका पुराना नक्साहरु अध्ययनका क्रममा ल्याएको छु जसले लिपुलेक कालापानी क्षेत्र नेपालको सीमभित्र पर्छ भन्ने प्रमाणित गर्न मद्दत गर्नेछ । सीमा विवादलाई लिएर वार्ता हुनुपर्छ । वार्तामा कुरा मिलेन भने सीमा विवादलाई लिएर अन्तरराष्टृय मध्यस्तकर्ता राख्ने चलन छ यसका लागी बेलायतलाई राख्नुपर्छ किन कि यो सीमा ब्रीटिश -इण्डियाको पालाको सुगौली सन्धिको बेलाको कुरा छ ” सीमाविद् श्रेष्ठ भने ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑