• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिमा बाइडन चुनिने लगभग निश्चित , ट्रम्प पक्ष भन्छ : निर्वाचन अझै सकिएको छैन


सुभाय् संवाददाताNovember 6, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

समाचार तयार पार्दासम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ। जसमा डेमोक्र्याठ उम्मेदवार जो बाइडनले २५३ इलेक्टलर मत प्राप्त गरेका छन् भने डोनल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका छन्।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ।
ट्रम्पले मतगणना रोक्न माग गर्दै चारवटा राज्यमा मुद्दा दायर गरेका छन्। निर्वाचनमा धाँधली भएको आरोप दोहर्‍याई रहेका भएपनि उनले कुनै प्रमाण दिएका छैनन्।
एरिजोना, जोर्जिआ, नेभाडा र पेन्सिल्भेनिया राज्यमा मतगणना भइरहेको छ।
जोर्जिआ, एरिजोना र नेभाडामा बाइडनको झीनो अग्रता छ।

राष्ट्रपति डोनल्ड ट्रम्पको निर्वाचन अभियान समूहले भर्खरै एउटा विज्ञप्ति प्रकाशित गरेर यो निर्वाचन समाप्त नभएको बताएको छ।

“जो बाइडन विजेता भएको प्रक्षेपण चार राज्यमा अन्तिम नभएको नतिजामा आधारित छ,” अभियानका वकिल म्याट मोर्गनले भने। मोर्गनले बिनाप्रमाण जोर्जिआमा मतपत्रहरू ‘गलत तरिकाले ल्याइएको’ र पेन्सिल्भेनियामा पर्यवेक्षणहरूलाई ‘अर्थपूर्ण पहुँच’ नदिइएको दाबी गरेका छन्।

मोर्गनले सञ्चारमाध्यमले आएको एरिजोनामा बाइडनले जित्ने प्रक्षेपणको खण्डन गर्दै नेभाडामा गलत रूपमा हजारौँ मतदान गरिएको दाबी गरे। “ह्वाइट हाउस दाबी गर्न बाइडनले यी राज्यका भर परेका छन् तर निर्वाचन सम्पन्न हुँदा राष्ट्रपति ट्रम्प पुनर्निर्वाचित हुनेछन्।”मतदानमा व्यापाक अनियमितता भएको प्रमाण छैन र ट्रम्प समूहले पनि कुनै प्रमाण दिएको छैन।

पेन्सिल्भेनियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पारे
पेन्सिल्भेनिया जिते बाइडनका लागि राष्ट्रपति हुने ढोका खुल्ने छ ।

पेन्सिल्भेनिया राज्यका निर्वाचन अधिकारीहरूले दिएको ताजा मतगणनामा जो बाइडनले डोनल्ड ट्रम्पको अग्रता तोडेका छन्।
त्यहाँको ९८ प्रतिशत मतगणना सकिँदा बाइडन ५,५८७ मतले अगाडि रहेका छन्।
बाइडनले त्यहाँ जिते भने त्यो उनलाई ह्वाइट हाउस पुर्‍याउन पर्याप्त हुनेछ। त्यहाँ जितेमा उनको २७३ इलेक्टरल मत हुनेछ।
त्यहाँ शुरूदेखि ट्रम्पले अग्रता लिए पनि विश्लेषकहरूले हुलाकमार्फत् आएका मतले बाइडनलाई अगाडि बढाउने अपेक्षा गरेका थिए।
अब गन्न बाँकी पनि हुलाकमार्फत् आएका मत रहेकाले बाइडनको अग्रता कायमै रहन सक्ने आंकलन छ।
नतिजा आउन बाँकी रहेकामध्ये जोर्जिया, नेभाडा र एरिजोनामा बाइडनको अग्रता छ भने नोर्थ क्यारोलाइना र अलास्कामा ट्रम्पको अग्रता छ।
नोर्थ क्यारोलाइनामा ट्रम्पले १.४ प्रतिशतले अग्रता लिएका छन् भने अलास्कामा ६२.९ प्रतिशत मत उनको पक्षमा गएको छ।

के जोर्जिआमा पुन: मतगणना हुन्छ?

जोर्जिआमा डेमोक्र्याट जो बाइडनले एक हजारभन्दा कम मतको झीनो अग्रता प्राप्त गरेका छन्। झीनो मतान्तरले निर्णय भएका पुन: मतगणना हुन्छ? जोर्जिआको कानुन अनुसार कुल मतको ०.५ प्रतिशतभन्दा कम अन्तरले निर्णय भएमा हार्ने उम्मेदवारले पुन: मतगणना माग गर्न पाउँछ। त्यस्तो माग नतिजा सार्वजनिक भएको दुई दिनभित्र गर्नुपर्ने हुन्छ।

जोर्जिआमा ट्रम्प पछाडि परे                                    जोर्जिआमा जो बाइडनले डोनल्ड ट्रम्पलाई पछाडि पार्दै ९०० जति मतले अग्रता लिएका छन्।
त्यहाँ अझै केही हजार मत गन्न बाँकी रहेको छ।
सोह्र इलेक्टरल मत भएको जोर्जिआमा बाइडन विजयी भए भने उनको २६९ मत हुनेछ र राष्ट्रपति चुनिनका लागि जम्मा थप एक मतको आवश्यक पर्नेछ।
त्यसको अर्थ डोनल्ड ट्रम्पले सोझै जित्ने सम्भावना सकिनु पनि हो किनभने बाँकी जम्मै राज्यमा जिते पनि ट्रम्पको २६९ मत मात्रै हुन्छ र नतिजा बराबर हुन्छ।
जोर्जिआमा विजय हुनु बाइडनको लागि ठूलो उपलब्धि हुनेछ किनभने सन् १९९२ मा डेमोक्र्याट बिल क्लिन्टनले जितेयता त्यहाँ सधैँ रिपब्लिकन उम्मेदवारले जितेका छन्।
यदि जोर्जिआले बाइडनलाई जितायो भने यो रिपब्लिकन राज्यहरूले घेरिएको डेमोक्र्याट राज्य हुनेछ।
जोर्जिआमा डेमोक्र्याटिक पार्टीको राम्रो प्रदर्शनको श्रेय धेरैले स्ट्यासी अब्राम्सलाई दिएका छन्। सन् २०१८ मा गभर्नरमा पराजित उनले त्यसपछिको दुई वर्ष आफ्नो पार्टीका लागि अभियान चलाएर बिताएकी थिइन्।                                     

इलेक्टरल मत बराबर भए के हुन्छ? 
डोनल्ड ट्रम्प र जो बाइडनको मत बराबर हुने एकदमै थोरै भएपनि सम्भावना भने छ। बाइडनले जोर्जिआ र ट्रम्पले अन्यत्र सबै बाँकी राज्यमा जितेमा यो अवस्था आउँछ। अमेरिकी इतिहासमा चारपटक इलेक्टरल मत बराबर भएको छ। यस्तो भयो भने राष्ट्रपति र उपराष्ट्रपति कसरी छानिन्छन्? अमेरिकी संविधानमा यसको स्पष्ट व्यवस्था छ ।
पेन्सिल्भेनियामा मतगणना रोक्न न्यायाधीशद्वारा अस्वीकार

राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई अस्वीकार गरिएको छ।

सङ्घीय न्यायाधीश पल डायमन्डले रिपब्लिकनहरूले मतगणनामा कम प्रवेश नपाएको भन्ने विषयमा दुबै दलका ६०-६० जनालाई मात्रै प्रवेश दिन भनेका छन्।

“यो कुरो न्यायिक हस्तक्षेपबिना किन सहमति हुन सकेन भनेर मैले बुझ्न सकिन्,” उनले भने।

राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एक जना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए।

न्यायाधीशले निर्णय गर्नु पर्ने हुनसक्छ: ट्रम्प

राष्ट्रपति डोनल्ड ट्रम्पले गएको राति गरेको सम्बोधनको अन्त्यमा बाइडन र आफू दुवैले जितको दाबी गर्नसक्ने बताउँदै ‘तर अन्त्यमा न्यायाधीशले निर्णय गर्नुपर्ने हुनसक्ने आफूलाई लागेको’ बताए। ट्रम्पले आफूले अग्रता लिएको तर मतान्तर कम भइरहेको महत्त्वपूर्ण राज्यमा मतगणना रोक्न मुद्दा हालेका छन्।
रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णायक हुने ठानिएका जोर्जिआ तथा पेन्सिल्भेनिया राज्यको मतगणनामा उनको अग्रता खुम्चँदै गएपछि चुनावमा धाँधली भएको ‘आधारहीन’ दाबी पुन: गरेका छन्।
उनको डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनले भने संयमित रहन आग्रह गरेका छन्। उनले आफू विजेता हुनेमा विश्वस्त रहेको बताएका छन्।
दुवै उम्मेदवारले नेपाली समयानुसार बिहीवार राति आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका थिए।
हाल पाँचवटा मुख्य राज्यहरूमा गणना भइरहेका छन् – पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखा परिसकेका छैनन्।                            साभार: बिबिसि

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑