काठमाडौं भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा आज बुधबार काठमाडौँ आइपुआइपुगेकाअ छन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा ‘मानार्थ महारथी (दर्जा) सम्मान’ ग्रहण गर्न भारतीय स्थलसेनाध्यक्ष नरवणे नेपाल आएको नेपाली सेनाले जनाएकाे छ ।
राष्ट्रपति विद्या भण्डारीबाट कात्तिक २० गते बिहीबार दिउँसो स्थलसेनाध्यक्ष नरवणेलाई विशेष कार्यक्रमका बीच नेपाली सेनाको ‘मानार्थ महारथी सम्मान’ प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारत स्वतन्त्र भएसँगै सन् १९५० बाट सुरु भएको नेपाली सेना र भारतीय सेनाबीचको ‘मानार्थ महारथी सम्मान’ आदानप्रदान कार्यक्रम करिब ७० वर्ष अघिदेखि निरन्तर चल्दै आएको छ ।
तर नेपालमा भने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको यस भ्रमणलाई लिएर अहिले निकै विवाद देखिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५