काभ्रे / बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मीनरसिंह बादे पनि कोरोना संक्रमित भएका छन । सक्रमण पुष्टि भएपछि मेयर बादे होम आइसोलेसनमा बसेर उपचार गरिरहेको नगर पालिकाले जनाएको छ ।
बनेपा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सत्यश्वर मकै श्रेष्ठका अनुसार बनेपाका मेयर बादे, वडा न ११ का वडा अध्यक्ष शिवकुमार थापासहित चार कर्मचारी पनि संक्रमित भएको पुष्टि भएको छ । बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई गत शुक्रबार सङक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेकाको स्वाब संकलन गरिएको र त्यसको रिपोर्ट अनुसार यसरी मेयर सहित कर्मचारीहरु संक्रमित भएको पुष्टि भएको हो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५