• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

ख्याली द्यः अर्थात कीर्तिपुरको प्रणय देवता


सुभाय् संवाददाताOctober 16, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

नजरराम महर्जन
शनिवारको दिन म कीर्तिपुरको बाघभैरव लायकू घुम्दै क्वाःच्वः अर्थात् उमामहेश्वर मन्दिरतिर गएँ । उमामहेश्वरमन्दिर मुनि ख्याली द्यः प्रणय देवता ( GOD OF LOVE) रहेको भन्ने कुरा सुनेको थिएँ । तर कहाँ कुन देवता हो भन्ने बारे मलाई थाहा थिएन । उमामहेश्वर मन्दिरको उकालो चढ्दै गर्दा करीब ८५ वर्षका एक जना ज्येष्ठ नागरिक भेटें उहाँलाई यसबारे ज्ञान हुनुपर्ने बिचार गरि सोधेें ” यता ख्याली द्यः छ भन्छन् , कता छ थाहा होला ?
“किन र यो उमेरमा पनि केटी फकाउनु छ कि क्या हो ?” उहाँले तुरुन्तै ठट्यौली पारामा प्रतिप्रश्न गर्नुुुभयो ।
म अवाक भएँ । के जवाफ दिउँ, दिउँ भयो । मैले जवाफ नदिइकन फ़ेरि उहाँसँग सोधें  “ त्यो देवताको दर्शन गरेपछि केटी फकाउन सकिने हो र ?”
“हो नि, तर सच्चा मनले पुकार गर्नुपर्छ । नाजायज माग गरे पुरा हुँदैन ।” भन्दै उहाँले मलाई ख्याली द्यः प्रणय देेेवता गड अफ लभ देखाउन लिएर जानुभयो ।
उमामहेश्वर मन्दिरको आधा उकालोमा पश्चिमतिर फर्केको मूर्ति रहेछ  लक्ष्मीनारायणको मूर्ति जस्तो देखिने ।
मूर्ति हेरेर मैले उसोधें ,”यो मूर्तिलाई ख्याली द्यः किन भनेको होला, यसको विशेषता के छ ?”
“आफूले मन पराएको केटी फकाउनु पर्‍यो भने मानिसहरु लड्डु लिएर यसको पूजा गर्न आउँछन् । लड्डु चढाएर सच्चा मनले माग्यो भने इच्छाएको पुग्छ भनिन्छ ।” उनलेे एक घटना याद गर्दै सुनाउन थाले, “मलाई याद छ एक जोडीको विवाह भएछ । बिबाहको ६ महिनादेखि लोग्नेस्वास्नीबीचमा खटपट परेर स्वास्नीचाहिं माइती गएर बसि दिएछन् । तर तिनलाई लोग्ने साह्रै मनपर्ने रहेछ । उता लोग्नेका परिवारले उनीसँग पारपाचुके गर्ने भनेर खबर आयो । स्वास्नी चाहिँ यो चाहँदैन थे । तिनी विहान सबेरै नुहाई धुवाई गरेर यस देवताकहाँ आस्थापूर्वक गई दुईवटा लड्डु चढाइ श्रीमानको घरमा जान श्रीमानसँग बस्न जाउँ भन्ने बर मागेछ । संयोग तिनी प्रार्थना गरेर घरपुग्दा श्रीमानपट्टिका मानिसहरु पारपाचुके गर्न आएका रहेछन । पञ्च भलादमी राखेर कुरा गर्ने निर्णय भयो । उनीहरूले केटा र केटीलाई एकछिन कुरा गराउनु पर्छ । उनीहरुले हाम्रो अगाडि छुट्टिने कुरा गरे पारपाचुके हुन्छ भनेर भनेछन् । केटालाई बोलाइयो । केटा र केटी दुबैलाई १० मिनेट जति एकान्तमा कुरा गर्न दिए । एकछिनमा दुबैजना एकान्तबाट बाहिर निस्कँदा एक आपसमा हात समातेर बाहिर निस्किए । बाहिर आउने बितिक्कै पारपाचुके मागेको श्रीमानले भने “म मेरो श्रीमतीलाई घर लैजान चाहन्छु । ”
सबैजना जिल्ल । पञ्च भलादमीले फैसला सुनाउँदै श्रीमानका तर्फबाट आएक मानिसहरूलाई भने “लोग्ने स्वास्नी सँगै बस्न चाहन्छन् । तपाईंहरु किन छुटाउनतिर लाग्नु भएको ? अब बुहारीलाई घरमा इज्जतसाथ लिएर जानुस् । यो पारपाचुके हुँदैन ।”
लोग्नेको परिवारले बुहारीलाई घर लिएर जानु विवश भए । त्यसपछि त्यस दम्पती र घर परिवारमा कहिल्यै झगडा परेन रे।”
ती ज्येष्ठ नागरिकले ख्यालिद्य:को महिमा यसरी बयान गरे ।
मलाई अझ उत्सुकता बढ्यो
“ अरु पनि त्यस्तो केही घटना भएको थाहा छ कि तपाईंलाई ।” मैले उत्सुकताका साथ सोधें ।
“छ नि, यस्तो त कति घटना त कति छन् कति । बताएर साध्य छैन ।” उहाँले सम्झन खोजेजस्तो गर्दै भन्नुभयो ।
“एकाध घटना सुनाउनुस् न ” मैले फेरि अनुरोध गरें ।
उनले पुराना घट्ना सम्झँदै सुनाउन थाले
“पहिले जातपातको ठूलो भेदभाव थियो । एकजना तल्लो जातको केटाको माथिल्लो जातको केटीसँग प्रेम भयो । घरमा माग्न पठाउँदा दिंदैन भन्ने कुरा स्पष्टै थियो । केटाले भगाउन चाहेपनि घरको डरले केटी भाग्न पनि तयार थिएन । केटा दिनहुँ यो ख्याली द्यःको चाकरीमा आउन थाले । हप्ता दिनपछि त केटी केटासँग भाग्न तयार भइन् । दुबैजना भागेर विवाह गर्न सफल भए । ”
उनले घटना सुनाउन सिध्याउने बित्तिकै मैले भनें “यसको मतलब ख्याली द्यःले आफनो प्रेम सफल बनाउन हिम्मत पनि दिंदो रहेछ ।” उहाँले मेरो मुख हेरेर भन्नुभयो, “घरमा स्वास्नी छ ?”
“छ ” मैले जवाफ दिएँ ।
“घरमा स्वास्नीसाग ठाकठुक परेको छ भने दुईटा लड्डु चढाएर मिलनको लागि पुकार गर । तपाईं घरमा पुग्ने बितिक्कै स्वास्नीको व्यवहार फेरिन्छ ।”
“धन्यवाद” मैले उहाँलाई धन्यवाद दिएँ । मैले पनि ख्यालीद्यःलाई ढोगें । त्यहाँ पुगेका एक जना केटालाई मेरो फोटो खिच्न अनुरोध गरें ।
उसले खिचेको फोटो फेसबुकमा पोस्ट गरें । धेरैले उत्सुक भएर प्रतिक्रिया जनाए ।
मनमा एउटा कुरा उब्जेर आयो आजकल मन पराएको केटीले वास्ता गरेन भने तेजाब छर्किदिने , अपहरण गरेर बलात्कार गर्ने, हत्या जस्तो जघन्य अपराध भइरहेको छ । यसो गर्नुको सट्टा यस प्रणयको देवता ख्यालिद्य:को प्रार्थना गरेमा प्रेमले नै मान्ने थिर कि ।
यस्तो शक्तिशाली देवता आज ओझेलमा परेको छ । ओझलमा पर्न दिनु हुन्न । आस्था पुनर्जीवित गर्नुपर्छ । यो प्रणयको सम्पदा हो कीर्तिपुरको मौलिक सम्पदा !   

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • देवदूतहरु
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑