काठमाडौं / लुम्बिनीमा लामो समय बिहार निर्माण लगायतका काममा बिताएका सानुराजा शाक्यलाई लुम्बिनी बिकास कोषको सदस्य सचिब पदमा नियुक्ति दिइएको छ ।
हिजो बसेको मन्त्री परिषदको बैठकबाट उनलाई यसरी सदस्य सचिब पदमा नियुक्त गरेको बताइएको छ ।
पेशाले प्राविधिक रहेका सानुराजा शाक्य भाषिक ,राजनीतिक अभियन्ता पनि हुन् ।
उनले लुम्बिनीको राजकीय थाइ बिहारको निर्माणको क्रममा लामो समय त्यहाँ बिताएका थिए । लुम्बिनी गुरु योजना सम्बन्धि राम्रा ज्ञाता रहेका शाक्यको यस नियुक्तिलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
सुभाय् मिडियाका सहयोगी समेत रहेका सहकर्मी सानुराजा शाक्य लुम्बिनी बिकास कोषको सदस्य सचिव जस्तो गरिमामय पदमा नियुक्त भएकोमा उनीप्रति सुभाय् पोस्ट परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५