काठमाडौँ / कुलमान घिसिङले बिद्युत प्राधिकरणबाट बिदा पाए लगत्तै देशभर विद्युत् आपूर्तिमा समस्या आएको गुनासो आएपछि असोज ९ गते उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका जिम्मेवार पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर विद्युत् सुचारु गर्न निर्देशनको दिएको छ ।
यसैबीच नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।
निर्देशन दिने क्रममा मन्त्री पुनले आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै आफू निमित्त मात्र भएको अनुभव नगरी कार्यसम्पादन गर्न निर्देशन दिए ।
उनले केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए । मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिए ।
उता पदाधिकारीहरुले भने प्राकृतिक प्रकोपका कारण अहिले समस्या आएको र त्यसको समाधान पानी रोकेसँगै हुने दाबी गरे ।
यसैबीच कुलमान घिसिङ पुन: बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा आउन सक्ने संभावना जीवित रहेको देखिएको छ ।
चौतर्फी जन दबाबपछि उज्यालो दिने मानिसको उपनाम पाएका कुलमान घिसिङलाई पुन: नियुक्ति दिन लागिएको देखिन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५