मीरा राजभण्डारी अमात्य कोभिडको कारण स्टोरी खोज्न मोफसल जानु परेन । अब के लेख्ने त ?? उही बचेँ खुचेको काठमाडौंबासी – तासी न्युजमा नाम परिवर्तन भन्दै फेक पात्र बनायो तगडाको रिपोर्ट बन्यो, न क्रस चेक्, न न्युजको ए बि सि । घर मै बस्यो मनगढन्ते खतराको खोज पत्रकारिता भइहाल्यो, सामाजिक सद्भाव तद्भाब मारो गोली, अखैन को छु मतलब, ढेबा है तो सब कुछ है । बरु यसो पुरस्कार फेलोशिप पनि भइदिए हामी नि यसो लेखी हाल्थेम कि । बरु शिर्षक के हाल्दा बेस होला ???
यौन धन्दाका लागि महिला …..दिल शोभा प्रकरण
गर्ववतीलाई डेराबाट निकाला ??
काठमाडौंका घरबेटीले मधेसी भनेपछि हेप्छन् काठमान्डौमा कोरोनाको बेला घरबेटीले भाडा लिए
हत्तेरी सबै त आइसक्यो सिनोप्सिस के लेख्ने होला ?
छ : महिना भयो यस्तै शिर्शकमा समाचार पढदै, खोज पत्रकारिता पढदै छु त । थुक्क गल्ती गरिएछ आफुले त एउटा स्टोरी लेख्न तीन महिना लगाइएछ कम्तिमा । छ्या छ्या लाइब्रेरीमा सुइसुइ हिंड्ने किताबका किरासित कति मित लाइयो लाइयो , तात्तो न छारो, खुब स्कुप मार्या भन्ठान्या होला होइत । होइन यि काठमान्डौका रैथाने कती पात्तिएका हंँ ? खान नपाए घरका दलिन उखालेर खानु नि हौ, फतुरेहरु काम न काज जात्रा गर्यौ, भोज खायो, धिमे बजायो , जदौ – सदौ मरु, आफुभन्दा ठुलालाई ढोग भेट मरु । अब घर भाडामा बस्नेलाई जिम्मा लायर थप्पक्क काशी जानु क्या बाउचाहरु , शास्त्र मै लेख्या छ गृह दानम महा दानम् प्रधानम् । ज्वाइ नाराँ त बनायो अब घर ज्वाँई पनि बनाइ दिनु सबैलाई । बात् करता है ।
झ्वाक्की कवि “म” को कैला बैला, बेला बख्ताँ फुर्छन!!! क्या
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५