बामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश
सुभाय् संवाददाताSeptember 23, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
काठमाडौं / सर्वोच्च अदालतले नेकपाका नेता बामदेव गौतमलाई थप सम्वैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न असोज ७ गते अन्तरिम आदेश जारी गरेको छ ।
बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा गरिएको नियुक्तिको विषयलाई पनि यथास्थितिमा राख्न अदेश भएको छ । गौतमलाई राष्ट्रियसभा सदस्य पदमा नियुक्त
गरेको विषयमा अधिवक्ता दिनेश त्रिपाठी र अन्यले दायर गरेको मुद्दाको सुनुवाइका क्रममा असोज १४ गतेसम्म थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य नगर्नु नगराउनु
भन्ने आदेश न्यायाधीश डा. आनन्द मोहन भट्टराइको इजलासबाट भएको हो ।
साथै सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने कुरा अदेशमा उल्लेख छ ।