यल,ललितपुर / गत भाद्र १८ गते बिहीवार बुंग करुणामयको रथ तान्ने सिलसिला भएको झडपमा समातिएका अभियन्ताहरुमध्ये थिमिका निरज वाडे व श्याम था श्रेष्ठलाई आज हिरासतबाट मुक्त गरेको छ । दु:खद कुरा उनीहरूमा दुबैमा कोरोना पोजिटिभ देखिएपछि खरिपाटीको क्वारेन्टाइनमा लगिएको छ ।
यसैक्रममा अर्का अभियन्ता असोज महर्जनलाई पनि औषधोपचारको निम्ति अस्पताल लगिएको छ । बुंग करुणामयको रथ तान्ने झडपमा उनको खुट्टामा चोट लागेको थियो । त्यसैको उपचारको निम्ति उनलाई अस्पताल लगिएको बताइएको छ ।
पक्राउ परेकामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रहरीले बताएको छ । उक्त क्षेत्रमा भिडन्त हुँदा खटाइएका १८प्रहरीमा कोरोना पुष्टि भएको खबर त पहिले नै आइसकेको थियो । •••भोलि सम्म सबै रिहा गरिने प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता •••• आज पाटनका महेश वज्राचार्य, पृथविन्दु महर्जन, सुविन शाक्य, रवि शाक्य, धुव्रराज वज्राचार्य र थिमिका श्याम कुमार था श्रेष्ठ र निरज वादेलाई रिहा गरिएको हो ।
हिरासतमा रहेका व्यक्तिहरुलाई छुटाउन ज्यापु समाजका साथै बुंगद्यः जात्रा व्यवस्थापन पुच:सँग आवद्ध १९ खलःपुचःका प्रतिनिधिहरु नेपालभाषा मंकाः खलः यल, सांसदहरु , स्थानीय जनप्रतिनिधिहरु पनि लागेका थिए ।
यसैगरी नेपाल भाषा मंका: खल:का अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठ ,सचिब मल्ल के सुन्दर , सांसद राजेन्द्र प्रसाद श्रेष्ठ पनि हिरासतमा राखिएका अभियन्ता युवाहरूलाई छुटाउन सक्रिय भएर लागेेेका थिए । यसक्रममा आज ऊनीहरुले गृहमन्त्रीलाई भेटेका थिए ।
आज सात जना र हिजो तीन जना गरि १० जना रिहा भएकाा छन् । यसक्र्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भोलिसम्ममा हिरासतमा लिइएका सबैलाई रिहा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५