• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

चिया पिउनुका फाइदाहरु


सुभाय् संवाददाताSeptember 4, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपालमा पनि चिया पिउने सामान्य चलन बनिसकेको छ । हुन त नेपालमा चियाको इतिहास त्यति धेरै लामो छैन । चिया पिउनुका फाइदा बेफाइदाका धेरै चर्चा पारिचर्चा इतिहासका कालखण्डमा भएको देखिन्छ । हामी यहाँ चिया पिउँदा हुने फाइदाहरुको बारेमा केही चर्चा गर्नेछौं ।                                                    चियाका फाइदाहरु :

१) चियामा एन्टीअक्सिडेन्ट्स हुन्छ
एन्टीअक्सिडेन्ट्सले हाम्रो शरीरलाई रिफ्रेस बनाउन सहयोग गर्छ । प्रदुषणबाट हुने नोक्सानी कम गर्न पनि यसले सहयोग गर्छ । एन्टीअक्सिडेन्ट्स दूध चियामा बढी हुन्छ ।

२) कफीमा भन्दा कम क्याफिन हुन्छ
चियामा कफीमा पाइने भन्दा ५० प्रतिशतसम्म कम क्याफिन पाइन्छ । अझ हर्बल चियामा त क्याफिनको मात्रा शून्य प्रायः हुन्छ । यसको अर्थ क्याफिनका कारण नर्भस सिस्टममा हुने प्रभाव चियाका कारण हुँदैन ।

३) चियाले हृदयघात तथा स्ट्रोकको जोखिम कम गर्न सक्छ
चिया र मुटु स्वास्थ्यका बारेमा धेरै अनुसन्धान भएका छन् । केहीमा चियाले बेफाइदा गर्ने बताइएको छ भने केहीमा फाइदा हुने देखिएको छ । तर पछिल्ला अध्ययनले चियाको व्यवस्थित मात्राले हृदयघात तथा स्ट्रोकको जोखिम कम गर्न सक्ने देखिएको छ ।

पछिल्लो अध्ययनले दिनको एक देखि तीन कप ग्रिन टि पिउने व्यक्तिमा स्ट्रोकको जोखिम ३५ प्रतिशतले कम गर्ने देखिएको छ । यस्तै दिनको चार वा त्यो भन्दा बढी कम चिया पिउनेमा हृदयघातको जोखिम ३२ प्रतिशतले कम हुने देखिएको छ ।

४) तौल कम गर्न सहयोग गर्न सक्छ
अध्ययनको निष्कर्ष त्यति पूर्ण छैन, तर चियाले मोटोपन कम गर्न सहयोग गर्ने धेरै अध्ययनले देखिएका छन् ।

५) हड्डीलाई जोगाउन सहयोग गर्छ
ग्रिन टि ले हड्डीको क्षतिकरणमा सहयोग गर्ने पछिल्लोपटक जनावरमा गरिएको अनुसन्धानले देखाएको छ । ग्रिन टि मा क्याल्सियम, आइरनसहित भिटामिन ए र के हुने भएकाले हड्डीका लागि राम्रो हुने देखिएको हो ।

६) चियाले मुस्कानलाई चहकिलो बनाउँछ
जापानमा गरिएको अनुसन्धान अनुसार चियाले दाँत खिइने क्रम कम गर्ने र झर्नबाट पनि जोगाउने देखिएको छ । चियाले मुखको पिएच बढाउँछ । यस्तै चियाले दाँतलाई चम्किलो राख्न पनि सहयोग गर्छ ।

७) चियाले प्रतिरोधात्मक क्षमता बढाउँछ
चियाले शरीरमा रहेका रोग प्रतिरोधात्मक क्षमता बढाउने कोषहरुको सिर्जनामा सहयोग गर्ने देखिएको छ । यस्तै ती कोषहरुको क्षमता पनि बिस्तार हुने गरेको पाइएको छ ।

८) क्यान्सरसँग लड्न सहयोग गर्न सक्छ
अध्ययनका नतिजाहरु मिश्रित आएका छन् । तर चियाले क्यान्सरको जोखिम कम गर्न अधिकांश अध्ययनले देखाएका छन् । विशेष गरी वंशाणुगत कारणले क्यान्सरको जोखिममा रहेका व्यक्तिले चियाको मात्रा बढाउँदा फाइदा हुने देखिएको छ ।

९) हर्बल चियाले पाचन प्रक्रिया राम्रो बनाउँछ
विशेष गरी हर्बल चियाले पाचन प्रक्रिया बलियो बनाउन सहयोग गर्ने देखिएको छ । अदुवा मिसाएको हर्बल चियाले पाचन प्रणालीलाई सहयोग गर्ने देखिएको छ ।

१०) क्यालोरी मुक्त
चिया क्यालोरी मुक्त र पानीको विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ । पानीको मात्रा कम हुन पनि नदिने र स्वाद पनि आउने भएकाले चिया पेयको उपयुक्त विकल्प हो ।                     संकलन: बस्नेत ब्रदर्स

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑