काठमाडौं / थाईल्याण्ड पर्यटन उद्योगका कारण विश्वमै प्रसिद्ध देश हो । प्रविधिमा पनि थाइल्यान्डले प्रगति गर्दै आएको छ । यसैबीच थाइल्यान्डको महाछाड ईन्टरनेशनल कम्पनी, एसिइ फूड कम्पनी (ACE food company ) र नेपाल सरकारको सहकार्यमा नेपालका विभिन्न स्थानमा थाई प्रविधिबाट माछापालन, हाँस, कुखुरा पालन चिया खेती जस्ता कृषिजन्य कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । यसरी उत्पादन गरिएका स्तरीय कृषि उत्पादनलाई बिदेशमा समेत निर्यात गर्ने उद्देश्य लिइएको उक्त योजनामा संलग्न एक विज्ञले बताए । ” नेपालको कृषि उत्पादन बढाई अन्तराष्ट्रियस्तरमा निर्यातको वातावरण तयार गर्नेछौं” उनले भने । यस कार्यक्रमको लागि कृषि मन्त्रालय अन्तर्गत पशुपञ्छी विकास विभागमा थाईल्याण्डको महाछाड इन्टरनेशनल कम्पनी (mahachhad international co.) र एसिइ फूड कम्पनी (ACE food company) ले संयुक्त रुपमा एसियन फुड इन्डस्ट्री ( Asian food industry मार्फत पेश गरेको आशय पत्र स्वीकृत भई जग्गा छनोटको कार्य भईरहेको जनाइएको छ ।
“यस योजनाले थाई नेपाल सम्बन्धमा एक नयाँ कोशेढुँगा थप्ने कार्य गर्नेछ । ” एसियन फूड इन्डट्रीका कार्यकारी प्रमुख प्लोयथोङ्लोम्पेच थम्मचोत्मोखोल (Ploythonglompetch thammachotmokhol)ले बताए । उनले भने
“यस कार्यक्रमले नेपालको कृषि विकासमा सकारात्मक प्रभाव ल्याउने छ । यसले नेपालको कृषिजन्य सामाग्री अन्तर्राष्ट्रिय रुपमा निर्यात बढाउन मद्दत गर्नेछ । ”
“कार्यक्रमका निमित्त आवश्यक सम्पूर्ण आर्थिक व्यवस्थापन थाइ पक्षबाट हुनेछ” एसिइ फूड कम्पनीका अध्यक्ष पूमकिज वारास्त्तिनोन्ट ( Poomkij varasttinont ) ले बताए ।
अन्तर्राष्ट्रिय बजारमा उत्पादन निर्यातका लागि एसियन फूड इन्डस्ट्रीले बजार व्यवस्थापन र समन्वय गर्ने उनले बताए ।
कोरोनाका कारण कठिन अवस्थामा पुगेको नेपालको लगानी क्षेत्रमा यस कार्यक्रमले सकारात्मक प्रभाव पार्न सकिने आशा गर्न सकिन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५