काठमाडौँ । काठमाडौंमा कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौँ भित्रिने र बाहिरिनेका लागि दिइँदै पास पूर्ण रूपमा बन्द गरिएको छ ।
गृह मन्त्रालयको निर्देशनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो।
गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।
अत्यावश्यकका सामान बोकेका सवारी साधन र एम्बुलेन्सलाई भने रोक आवतजावतमा रोक लगाइएको छैन ।
यसभन्दा अगाडि यस्तै अत्यावश्यक सामान बोक्ने गाडी तथा एम्बुलेन्स समेत दुरुपयोग गरि लकडाउनको समयमा समेत काठमाडौंमा मानिस ओसारपसार गरेको देखिएको थियो । यसतिर पनि ध्यान जानुपर्ने देखिन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५