• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 06, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ


सुभाय् संवाददाता August 28, 2026 मा प्रकाशित (१ हफ्ता अघि) अनुमानित पढ्ने समय : ४० मिनेट

लुम्बिनी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ तथा जनजीवन सामान्य बनोस् भन्ने कामनासहित बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठ गरिएको छ।

लुम्बिनी विकास कोष, गौतमी विहार र सिंगापुर गुम्बा लुम्बिनीको आयोजनामा शुक्रबार बिहान मायादेवी मन्दिर परिसरमा शान्ति पाठ कार्यक्रम गरिएको हो।

कार्यक्रममा बाढीबाट प्रभावितहरूको शारीरिक तथा मानसिक पीडा शीघ्र निको होस्, विपदमा परेका परिवारमा शान्ति  कायम होस् भन्ने कामनासहित विभिन्न बौद्ध परम्पराअनुसार विभिन्न सूत्रहरूको पाठ गरिएको थियो। थेरवादी, महायानी, चिनियाँ, भियतनामी, कोरियन तथा थाई परम्पराअनुसार पाठ गरिएको आयोजकले जनाएको छ।

त्यस्तै, बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मरुणानुस्मृति सूत्र पाठ गरी दिवंगत आत्माहरूको सुगतिको कामनासहित पुण्यानुमोदन गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु  सिरी वजिरले बताए।

बुद्ध जन्मस्थल लुम्बिनीमा गरिएको शान्ति पाठमार्फत भोटेकोशी बाढीबाट प्रभावित सबैको शीघ्र उद्धार, उपचार तथा पुनःस्थापनाका लागि मंगलकामना गरिएको थियो।

सम्बन्धित पोस्ट
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑