• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

आशावादी हुने खबर – रुसले दर्ता गर्‍यो कोरानाको खोप “स्पुटनिक -५”


सुभाय् संवाददाताAugust 11, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / कोरोना भाइरसको खोप तयार भएको र आगामी सेप्टेम्बरदेखि उक्त खोप सर्वसाधारणले प्रयोग गर्न पाउने समाचार आएपछि एकताकाका विश्व शक्तिका रूपमा चर्चित सोभियत संघको नेतृत्व गर्ने रसिया फेरि चर्चामा आएको छ । लामो समयदेखि रुसको राष्ट्रपति रहेका र त्यहाँको आर्थिक सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त रुसले विकास गरेको खोपको बारेमा तथ्य सार्वजनिक गरेपछि अहिले विश्वमा एक किसिमको आशा पलाएको छ । विश्व अहिले कोरोना महामारीका कारण ठूलो सन्त्रासमा रहेको छ ।
विश्वव्यापी रूपमा कोरोना भाइरसको औषधि बनाउन प्रयोगहरु भइरहेको बेला रुसले कोरोनाभाइरस विरुद्धको खोपको आधिकारिक रुपमा दर्ता गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी टेलिभिजनमार्फत् मस्कोस्थित गमालेया इन्स्टिच्युटले विकास गरेको खोप आधिकारिक रुपमा दर्ता गरिएको मङ्गलबार जानकारी दिएका हुन्। कोभिड–१९ विरुद्धको उक्त खोपलाई ‘मेगेमल’ नामाकरण गरिएको छ । रोयटर्सले भने उक्त खोपलाई ‘स्पुतनिक ५’ नामाकरण गरिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार प्रत्यक्ष प्रसारण गरिएको मन्त्रीपरिषद्को बैठकमा रुसी राष्ट्रपति पुटिनले खोप सबै आवश्यक परीक्षणबाट गुज्रिसकेको बताए । रुसी राष्ट्रपति पुटिनले उच्च ज्वरो मापन गरिएको आफ्नो एक छोरीमा खोप लगाइएको जानकारी दिनुभयो । खोप लगाएपछि छोरीको स्वास्थ्यमा सुधार आएको उनले बताए ।
समाचार संस्था एपीले रुसी राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै लेखेको छ, “म फेरी दोहोरयाउन चाहन्छु, खोपले आवश्यक सबै परीक्षण पार गरेको छ, खोपको प्रयोगमा पूर्ण सुरक्षा सबैभन्दा महत्वपूर्ण हुन जान्छ, र यसले प्रभावकारि रुपमा काम गरेको छ ।”
पुटिनले उक्त बैठकमा पहिलो सुई लगाउने बेला छोरीलाई ३८ डिग्री सेल्सियस(१००.४ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएकोमा अर्को दिन ३७ डिग्री(९८.६ डिग्री फरेनहाइट)मा झरेको बताउनुभयो । दोस्रो पटक सुई लगाएपछि शरीरको तापक्रम केही बढेको भए दर्ता गरिएपनि त्यसयता सबै अनुकूल रहेको उनले बताए ।
खोप विकासमा संलग्न अधिकारिहरुले भने कम्तिमा दुई वर्षसम्म उक्त खोप काम लाग्ने जानकारी दिएका छन् । अधिकारीहरुले ठूलो मात्रामा खोपको उत्पादन सेप्टेम्बर महिनामा मात्रै सुरु हुने जानकारी दिएका छन् । अक्टोबर पहिलो सातादेखि सर्वसाधारणका लागि खोप खुला गरिने अधिकारीहरुलाई उद्धृत गर्दै एपीले उल्लेख गरेको छ ।
रुसमा कोरोनाभाइरस प्रकोपको रुप लिएपछि राष्ट्रपति ट्रम्पले क्लिनिकल ट्रायल छोट्याएर सक्दो छिटो खोप विकास गर्न निर्देशन दिएका थिए । गत् मई महिनामा नै खोप विकासमा संलग्न गमेलेया इन्स्टिच्युटका प्रमुख प्राध्यापक अलेक्जेण्डर जिन्सबर्गले आफू र अन्य अनुसन्धानकर्ताले खोपको परीक्षण आफूमाथि नै गरेको बताएपछि रुसी खोपको चर्चा सुरु भएको थियो ।
मानव परीक्षण ७६ जना स्वयंसेवीमा लगाएर जुन १७ मा सुरु भएको हो । ३८ जनामा झोलको रुपमा रहेको सुई लगाइएको थियो । बाँकीको ३८ जनालाई घुलनशील पाउडर लगाइएको थियो । पहिलो आधा रुसी सेनाबाट लिइएको थियो । रुसले परीक्षणको तयारी गरिरहँदा अमेरिका, बेलायत र क्यानाडाले गत् महिना रुसले पश्चिमा प्रयोगशालाबाट खोपको अनुसन्धान चोर्न ‘हयाकर’ प्रयोग गरिरहेको आरोप लगाएको थियो ।
रुसले विकास गर्न लागेको खोपको सुरक्षा, प्रभावकारिता र आवश्यक प्रकृया पुरा नगरेको आरोप लागिरहँदा खोप विकास सम्बन्धी यसप्रकारको जानकारी बाहिर आएको हो ।
रुसी अधिकारीहरुले सीएनएनसँगको कुराकानीमा खोपको दर्तापछि तेस्रो चरणको परीक्षण सुरु गरिने जनाएका थिए । रुसले विकास गरेको खोप सम्बन्धी वैज्ञानिक तथ्याङ्क भने सार्वजनिक गरिसकेको छैन् ।
विश्व स्वास्थ्य संगठनले भने खोप प्रयोगमा ल्याउनुभन्दा अगाडि नै परीक्षणको सबै चरण पार गर्नुपर्ने बतएको छ । उता राष्ट्रपतिपुटिनले सबै चरण पार गरिसकेको भनेको छ।

स्राेत : एजेन्सी ,  गाेरखापत्र अनलाईन, wionews

फाेटाे : राेयटर्स

सम्बन्धित पोस्ट
  • जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑