इलाम/इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम विष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
गएराति देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले द्वन्द्वकालका समयदेखि लुकाई राखेको सकेट बम २५ वर्षीय छोरा मौषमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो । उनले खेलाउँदै गरेको ब म विष्फोट हुँदा मौषमका दुवै हातका औंला चुडीएको र आँखामा पनि समस्या रहेको देखिएको प्रहरीले जनाएको छ ।तत्कालिन बिद्रोही माओवादी र सेनाबीच स्थानीय देविडाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाएपछि घरमा लगेर लुकाई राखेको बताइएको छ । उनलाई बम भन्ने थाहा नहुँदा विस्फोट भएको अनुमान गरिएको छ ।
नेपालप्लस
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५