जनकपुरधाम /जनकपुरधामका एक पत्रकारलाई पनि कोरोना संक्रमण भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुष्टि गरेका छन् । उनले एक ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण भएको जानकारी दिए ।
यसअघि हिजो मंगलबार मात्र वीरगन्जमा दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित दुवैको नारायणी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
जनकपुरमा संक्रमित ४० वर्षीय पत्रकारसँगै त्यहाँका एक पुस्तक व्यवसायी पनि संक्रमित भएका बताइएको छ। ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रजिअ निरौलाले बताए ।संक्रमित पत्रकारले आफू जनकपुरभन्दा बाहिर कतै नगएको बताए र आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमात्र जाने गरेको बताएका छन् ।
यस संक्रमणको घटनाले पत्रकारहरु अझ बढी सचेत हुनुपर्ने यी घट्नाहरुबाट ऊनीहरुले शिक्षा लिनुपर्ने देखिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५