बिन्दु कुमार चौहान
लुम्बिनी २९ बैशाख । बिश्वब्यापी महामारी कोरोना भाईरस (कोभिड १९) संक्रमित भेटिएका रुपन्देही कोटहीमाई गाँउपालिका १ पुर्निहवामा २५ बर्षीय युवाको उपचार भईरहेकै बेला रुपन्देहीमा थप ६ जना पुरुषहरु पोजिटिभ भेटिएका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौले सार्बजनिक गरेको अध्यावधिक बिबरण अनुसार रुपन्देहीको समरीमाई ७ र लुम्बिनी साँस्कृतिक नगरपालिका ६ निवासी २४,२६,२७,३०,३२ र ४० को कुल ६ जना पुरुषहरु संक्रमित भएका हुन ।
यसैगरि कपिलबस्तु जिल्लाको यशोद्धरा नगरपालिका ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५,१९,२३,३०,३२ र २८ बर्षको जम्मा ६ जना पुरुषहरु पोजिटिभ भएका छन ।
त्यस्तै पश्चिमी नेपाल बर्दिया राजपुर ५ निवासी ११ बर्षीया महिला समेत संक्रमित हुनुका साथै देश भरिमा कुल एक सय ३४ जना कोरोना संक्रमित फेला परेको सार्बजनिक सूचनामा उल्लेख छ ।
कोरोना संक्रिमित कपिलबस्तु जिल्ला पूरै शिल गरिएको छ भने रुपन्देहीको समरीमाई गाँउपालिका ७ तथा लुम्बिनी साँस्कृतिक नगरपालिका ६ मा उच्च सर्तकता बढाईएको खबर छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५