बिन्दु कुमार चौहान
गैडहवा रुपन्देही / बिश्वब्यापी महामारी कोरोना भाईरस ( कोविड -१९ ) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन थप प्रभावकारी बनाउन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनी रहेको रुपन्देही जिल्लाको गैडहवा गाँउपालिकाको गाँउगाँउसम्म जनता कर्फ्युु लागू गर्ने भएको छ ।
गैडहवा गाँउ पालिका प्रमुख बच्चुलाल केवटले टोल सुरक्षा समितीका पदाधिकारीहरुलाई आधारभूत सुरक्षा प्रशिक्षण समारोहलाई लाई सम्बोद्धन गर्दै यसरी जनता कर्फ्यु बारे बताएका हुन ।
उनले चीन,भारत र अमेरिका लगायत शक्ति सम्पन्न मुलुकहरु कोरोनाको कोहरामबाट प्रताडित भएको हुदा त्यसबाट बाँच्न एक मात्र उपाय सोशल डिस्टेसिङ्गलाई कार्यन्वयन गराउन जनता कर्फयु गाँउगाँउमा पुरयाउन लागिएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बेस क्याम्प लोण्डिहवाका सशस्त्र प्रहरी निरीक्षक गंगा कार्कीले गैेडहवाको गाँउगाँउमा जनता कर्फयु थप प्रभावकारी बनाउन गाँउटोल सुरक्षा समिती सँग सशस्त्र प्रहरी समन्वय गरि अगाडी बढन तयार रहेको बताए ।
समारोहका अर्का बक्ता प्रशाषकीय अधिकृत चिरन्जीवी घिमिरेले जनता कर्फयुका बखत गैडहवाबासीलाई बिना अनुमति पालिका भित्र प्रवेश र बाहिर जान निषेध गरिएको जानकारी गराए ।
सो अवसरमा गैडहवा गाँउपालिका उपाध्यक्ष शुभावती यादव , गैडहवा ३ नं. टोलका अध्यक्ष चित्रबहादुर सारु, वडा अध्यक्ष रामशंकर गुप्ता लगायतले कारोना बिरुद्ध लडन जनता कर्फयुलाई प्रभावकारी बनाउन समस्त गैडहवाबासी लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५