काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कामपा वडा नं १५, भुईखेलमा बडी डिसइन्फेक्सन टनेल अर्थात् निसंक्रमण द्वारको उद्घाटन गरे । विहिवार एक कार्यक्रमकाबीच मेयर शाक्य त्यस टनेल भित्र प्रवेश गरि स्वचालित रुपमा स्यानिटाइजरको स्प्रे लिई उक्त द्वारको उद्घाटन गरेका हुन् । कामपा १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोलले पनि उक्त द्वारको प्रयोग गरि सुभारम्भ कार्यमा सरिक भएका थिए ।
यस डिसइन्फेक्सन गेट वडा नम्बर १५ को लगानी र गैर सरकारी संस्था गुथि, निभा रेन र रोटरी न्यूरोड क्लबको प्राविधिक सहयोगमा निर्माण गरिएको वडा अध्यक्ष डंगोलले बताए ।
भुइखेललाई यसप्रकारको डिसइन्फेक्सन टनेल राख्न उपयुक्त थलोको रूपमा छनौट गरिएको वडा अध्यक्ष डंगोलले जानकारी दिए । यसको स्यानिटाइजिङ टनेलको मद्दतले जीवाणु किटाणु संक्रमणबााट बच्नसक्ने पनि उनले बताए ।
यस सेनिटाइजर टनेलमा इफेक्टिभ माइक्रो-अरग्यानिज्म (Effective Microorganism)अर्थवा इ.एम.(EM) को झोल स्प्रे गर्छ र शरीर भरि रहेका सुक्ष्म जिवाणुलाई निष्क्रिय पारी जिवाणु रहित बनाउँछ । इ.एम. विभिन्न उपयोगि सुक्ष्म जिवाणुको मिश्रण भएको झोल हो जसले हानीकारक सुक्ष्म जिवाणुहरुलाई नष्ट गर्छ । अन्य किटाणु नासक रसायनले जस्तो इ.एम.को नकारात्मक असर मानव स्वास्थ्यमा नहुुुुने दाबी गरििएको छ ।
यसैबीच काठमाडौं महानगर पलिकाका मेयर शाक्यले भुइखेलबाटै स्वचालित हात धुने स्टेसनको पनि सुभारम्भ गरे । यस स्टेशनमा हातले धारा खोलिराख्नु जरुरी छैन विना स्पर्श धाराबाट पानी झर्छ । यसले हात धुंदा अझ सुरक्षित हुने गर्दछ । काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाहरुसँगको सहकार्य र वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गैरसरकारी संस्था गुथिले उपत्यकाका चारवटा नगर पालिकाहरुका ५०स्थानमा स्वचालित हात धुने स्टेेशन राख्नेे कार्यक्रम रहेको बताइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५