काठमाडौं /कोरोना संक्रमित एक अर्का व्यक्ति आज बुधबार डिस्चार्ज भएका छ्न् । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कन्चनपुर बेदकाेटका काेराेना संक्रमित इन्द्र विक उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
भारतमा मजदुरी गर्न गएका उनी लक डाउन भएपछि भारतबाट फर्की चैत १४ गते नेपालको सीमामा पुगेका थिए ।
यसैबीच नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज थप तीन जनामा संक्रमण पुष्टि भएको हो । तीन पुरूषहरुमा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानकारी दिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५