इनरुवा / सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिएका छन् । लक डाउन भएसँगै सुनसरीको तरहराको चारकोशे झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । फेला परेका विदेशी नागरिक सबै भारतका मुस्लिम समुदायका हुन् ।
उनीहरू भोजपुरमा काम गर्नका लागि आएको र लक डाउनले जान नपाए पछि तरहराको खोटो कम्पनी छेउमा बस्दै आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनीहरु करिब एक महिनादेखि त्यहीं बस्दै आएका डिएसपी भण्डारीले बताए ।
उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको भण्डारीले बताउनुभयो । उनीहरुको आरडीटी परीक्षण गरी क्वारेन्टाईनमा राखिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरु तरहरामा बस्दै आएको स्थानीयहरुले बताएका छन् ।
केही दिन अघि पनि मोरङ र सुनसरीको मस्जिदमा फेला परेका विदेशी नागरिकलाई दुवै जिल्लाको प्रशासनले ज्वरो र स्वाब जाँच गराएर होम क्वारेन्टाइनमा राखेको छ । भारतीय नागरिकहरु लुकिछिपी नेपाल भित्रन सक्ने भन्दै प्रहरीले बोर्डर क्षेत्रमा कडाई गरिरहेको जनाएको छ ।
(साभार:गोरखापत्र अनलाइन )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५